काठमाडौं, ०७ जेठ । नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमिति सदस्य आलम खान फेसबुकमा जनतालाई भड्काउने खालको पोष्ट गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार विहान हिरासतमा राखेपश्चात विभिन्न ठाउँबाट दबाव आएपछि माफी माग्दै पुनः पोष्ट गरेपछि हिरासत मुक्त भएका छन् । फेसबुकमा जनता भडकाउने पोष्ट गरेपछि बाँके प्रहरीले पक्राउ गरी बुधबार साँझ हिरासतमुक्त गरी एउटा नजिर कायम गरेको छ ।
बाँके प्रहरीले बनाएको नजिरका कारण अब फेसबुकमा जथाभावी पोष्ट गर्नेलाई कारवाही नहुने भन्ने कुरामा अधिकांशले साइबर क्राइमबाट समेत मुक्त हुने बताएका छन् । बाँके प्रहरीले जसरी आलम खानलाई माफी माग्दै पुनः पोष्ट गरेपछि हिरासतमुक्त गरेको छ उसैगरी भोलीका दिनमा अन्य आम जनताले पनि माफी माग्दै पुनः पोष्ट गरे हिरासतमुक्त हुनु पर्नेमा जोड दिइने बताइएको छ ।
गरिबलाई ऐन र पावर हुनेलाई चैन भनेजस्तै विभिन्न दबावमा नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमिति सदस्य आलम खानलाई नेपाल पत्रकार महासंघ, बाँके शाखाको रोहबरमा बुधबार साँझ हिरासतमुक्त गरिएको एक प्रहरीले बताए ।
बाँकेस्थित नरैनापुरमा कोरोना संक्रमित भएको २५ वर्षीय एक युवकको ज्यान गएपछि नेपाल पत्रकार महासंघ, बाँके कार्यसमिति सदस्य खानले मंगलबार मृतकका परिवारलाई शहीद घोषणा गरी क्षतिपुर्तिको माग गरेपछि तनाव उत्पन्न सक्ने आशंका गरिएको थियो ।
