सरकारी मापदण्डको पक्षमा समाचार लेख्दा एम्बुलेन्स चालकद्वारा पत्रकार घर अगाडी नाराबाजी : १३ जना प्रहरीले हिरासतमा लियो (भिडियो सहित)

सरकारी मापदण्डको पक्षमा समाचार लेख्दा एम्बुलेन्स चालकद्वारा पत्रकार घर अगाडी नाराबाजी : १३ जना प्रहरीले हिरासतमा लियो (भिडियो सहित)

रामद्दिन तेली

(नारा जुलुश गर्नेको नाइकेमा दांगस्थित आरजीएम इन्भेस्टमेन्ट कम्पनीका एम्बुलेन्स चालक लोकराज महतरा रहेको पुष्टि )
नेपालगन्ज, २७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एम्बुलेन्स सम्बन्धी मापदण्ड अनुसार जुन संस्थाको लागि सुविधासहित एम्बुलेन्स दिइएको हो सो कार्यालयमा एम्बुलेन्स राख्नु पर्ने भएता पनि नेपालगन्ज नर्सिंग होम आसपास सडकमा पार्किंग गरी राखेको विषयमा ध्वनिखबर मिडियाले समाचार भिडियो प्रकाशित गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय एक्शनमा आउँदा एम्बुलेन्स चालकको एक समूहले ध्वनिखबर मिडियाका सम्पादक उदय सिंह श्रेष्ठको घर अगाडी आई नानाथाम गाली बेइज्जत गरी नाराबाजी गर्दा बाँके प्रहरीको सक्रियतामा १३ जनालाई हिसारतमा लिएको छ ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी अंगुर जिसी भन्नुहुन्छ–‘मापदण्डभन्दा दायाँबायाँ कोही कसैले केही पनि गर्न पाउँदैन, मापदण्डलाई मिच्नेलाई कानुनी कारवाही हुन्छ ।’
यसैगरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआईजी भन्नुहुन्छ–‘पत्रकारको घर अगाडी आई नाराजुलुस गर्ने माथी कानुनी कारवाही हुन्छ । यस्तालाई कारवाही गर्न बाँके एसपी साबसँग कुरा गर्छु ।’
नारा जुलुश गर्नेको नाइकेमा दांगस्थित आरजीएम इन्भेस्टमेन्ट कम्पनीका एम्बुलेन्स चालक लोकराज महतरा रहेको पुष्टि भएको छ । महतराको विषयमा दांग प्रहरीले अनुसन्धान थाली सकेको दांगका डिएसपीले जानकारी गराउनु भएको छ ।
स्मरण रहोस ध्वनिखबर मिडियाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी एम्बुलेन्स र मेडिकल माफिया बिरुद्धको अभियानमा कार्य गरीरहेको छ भने यस विषयमा मन्त्रालयले इमेल पत्र पठाई सम्पादक श्रेष्ठलाई धन्यवाद समेत दिएको छ ।