बाँके सिडियो र एसपीद्वय बिच केमेष्ट्री मिल्दा जिल्लामा शान्ति सुरक्षा र सुशासनमा पूर्ण पालना अनि तस्करीमा अंकुश

बाँके सिडियो र एसपीद्वय बिच केमेष्ट्री मिल्दा जिल्लामा शान्ति सुरक्षा र सुशासनमा पूर्ण पालना अनि तस्करीमा अंकुश

नेपालगन्ज, २७ भाद्र । नेपालगन्ज अर्थात बाँके जिल्लामा बाँके सिडियो दिल कुमार तामांग, जिल्ला प्रहरीका एसपी अंगुर जिसी र सशस्त्र प्रहरी एसपी भिम चन्द बिचको केमिष्ट्री मिल्दा अहिले शान्ति सुरक्षामा चुनौति हुँदा पनि कायम हुनुको साथै नेपाल सरकारको अभियान अन्तरगत सुशासन कायम गर्न गराउन सक्रिय भूमिकामा रहेको देखिएको छ भने यस्तै गरी ६५ किलोमिटरको खुला सिमानामा हुने तस्करीका चुनौतिलाई रोक्न हरसम्भव प्रयासमा सक्रिय भूमिकामा रहेको देखिएको छ ।
यसैगरी नेपालगन्ज सामाजिक सद्भावको सहरको रुपमा चिनिने भएकोले सामाजिक सद्भाव कायम राख्न सक्रिय रुपमा हरसम्भव प्रयासको कारण सामाजिक सद्भाव बिथोल्न खोज्ने समूहहरुको पत्ता साफ अर्थात सामाजिक सद्भाव कायम गर्न पूर्ण रुपमा सफल भएको देखिएको छ ।
बाँके सिडियो दिल कुमार तामांग :
उपसचिवबाट सहसचिवमा बढुवा भएपछि दुई पटक सिडियोको कमाण्ड समाल्नु भएका बाँके सिडियो तामांगको बोली खरो भएपनि कोही कसैलाई बिगार्ने कार्य भने नगरेको भनाई पाइएको छ । सचिवदेखि मुख्य सचिवको सपना बोकेका बाँके सिडियो तामांग मिडियामा आउनु भन्दा काम गर्ने कुरामा बिश्वास राख्ने भएकाले जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुमा आफै खटिई निगरानी राख्ने र जनतालाई सहजताका लागि कडा निर्देशन दिएको पनि पाइएको छ । शान्ति सुरक्षा र सुशासन कायम राख्ने कार्यमा एक इन्च पनि सम्झौता नगर्ने गरी अगाडि होम्मिएका बाँके सिडियो तामांग ६५ किलोमिटरको खुला सिमानामा हिजोका दिनमा हुने गरेका तस्करीलाई पूर्ण रुपमा रोक्न नाकाहरु आफै खटिएको पनि पाइएको छ ।
बाँके जिल्ला प्रहरी कार्यालय एसपी अंगुर जिसी :
नेपाल प्रहरी टिममा अनुसन्धान गर्न अव्वल मानिएका एसपी अंगुर जिसीको एउटा राम्रो पक्ष भने कानुन अनुसार कार्य सम्पादन गर्नमा कोही कसैको सिफारिसलाई बेवास्ता गर्ने तथा बाँके जिल्लामा कानुन अनुसार कार्य गरेको कारण उहाँ तिन पटक उत्कृष्ट एसपीको सम्मान पाउनु भएको छ । साधारण जनताले एसपी समक्ष आफ्नो पीडा राख्ने वातावरण बनाएकोले पीडित जनता अहिले जिल्ला प्रहरी कार्यालय, बाँकेमा सहज पहुँच राख्ने गरेको देखिएको छ । शान्ति सुरक्षा र सुशासन कायम गर्न गराउन कोही कसैसँग वा कसैको सिफारिसमा सम्झौता नगर्ने तथा तस्करी पूर्ण रुपमा रोक्न उहाँले आफ्नै टिम खटाएको कारण उहाँको कार्यकालमा करोड बढीको सामान बरामद गरी सकेको तथ्य अगाडि आएको छ ।
सशस्त्र प्रहरी बल ३० नं. एसपी भिम चन्द :
नेपाल सरकारले सिमा नाकाको जिम्मा सशस्त्र प्रहरी बल संगठनलाई दिएको छ । सरकारको नीति निर्देशन अनुसार अहिले ३० नं. का एसपी भिम चन्द भने खरोमा रुप सक्रिय हुँदा नाका हुने गरेका चोरी तस्करीमा निकै ठुलो सफलता प्राप्त गरेको देखिएको छ । नाकामा रहेका गुल्म र विओपीहरुलाई खरो रुपमा कडाईका साथ निर्देशन दिई रहने भएको हुँदा नाकामा खटिएका सशस्त्र प्रहरीले ह्वात्तै पैसा असुली गर्नेमा एउटा डर समेत पैदा भएको देखिएको छ । एसपी चन्द नाकामा आफै खटिने भएका तथा कही कतै केही सूचना पाउनासाथ नाकामा खटिने टोलीको सातो नै खाने गरेको कारण नेपाल सरकारको नीति अनुसार पूर्ण रुपमा कार्य गरेको पाइएको छ । नेपालगन्जको जमुनाहा नाकामा एसपी चन्द समय–समयमा आफै नै उपस्थित हुने हुँदा सरकारको नीति अनुसार व्यापक कडाई समेत भएको र ३० नं. मा सरुवा भई आएको ७ महिनामा रु. ८ करोड बढी भन्सार छली गरी आएको अवैध सामान बरामद गरेको कारण राजस्वमा बृद्धि हुनुको साथै क्यारिंग गर्ने समूहको पत्ता साफ समेत भएको देखिएको छ ।
बाँके सिडियो तामांग, जिल्ला प्रहरीका एसपी जिसी र सशस्त्र प्रहरी एसपी चन्द बिचको केमिष्ट्री मिल्दा कै कारण यी सबै कार्य सक्रियताका साथ सम्भव हुनुको साथै राज्यलाई करौडोको राजस्व संकलन भएको तथ्य जगजाहेर नै छ । बाँके सिडियो तामांग र एसपी जिसीको जिल्लामा आएको समय सिमा सकिन लागेकोले सरुवा हुने चर्चा पनि अहिले व्यापक भइरहेको छ । सरुवा हुने चर्चासँगै नयाँ आउने अधिकारी बिच केमेष्ट्रि नमिले भोलिको नेपालगन्जमा विगतमा हुने गरेका अशान्ति र तस्करी मौलाउँछ की भन्ने अहिले प्रश्न तेर्सिएको छ । हुन त सिडियो र एसपी एक वर्षको कार्यकालमा सरुवा हुने आफ्नो ठाउँमा भएपनि नेपाल सरकारले बाँके जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम राख्नुको साथै तस्करी रोक्न यी तिन जना अधिकारीहरुको थप एक वर्ष कार्यकाल थप्नु पर्नेमा स्थानिय बुद्धिजिवीहरुले जोड दिएको पाइएको छ ।