नेपालगन्ज, २६ साउन
नेपालगन्ज उद्योग वाणिज्य संघको भाद्र ६ गते हुन लागेको निर्वाचनको क्रममा मतदाताको लिस्टमा उल्लेख भएका ३६७७ मध्ये ४३ जनाको आन्तरिक राजस्व कार्यालयमा पानमा दर्ता भएका ६ जना मात्र भेटिएको आन्तरिक राजस्व कार्यालयले पुष्टि गरेको छ ।
आन्तरिक राजस्व कार्यालय, नेपालगन्जले नेपालगन्ज उद्योग वाणिज्य संघमा दर्ता भएका ३६७७ सदस्यहरुको पान नं. माग्दा नदिएकोले ३६७७ मध्ये ४३ जनाको पान नम्बरको विवरण माग्दा कार्यालयले ६ जनाको मात्र लिखित पत्र पठाएको छ ।
(नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल बैश्य)
यता नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल बैश्य भन्नुहुन्छ–‘नेपालगन्ज उद्योग वाणिज्य संघमा सदस्यता लिन अनिर्वाय रुपमा व्यवसायले पुँजी खुलेको वाणिज्य वा घरेलुमा दर्ता भएको प्रमाणको साथमा पान नम्बर र कर चुक्ता प्रमाण पत्र चाहिन्छ । अनिवार्य रुपमा पान नम्बर नलिएका कुनै पनि व्यवसायीले संघको सदस्यता लिन पाउँदैनन् ।’
आन्तरिक राजस्व कार्यालय नेपालगन्जले मंगलबार ध्वनिखबर डटकम मिडियालाई पठाएको पत्रमा ४३ मध्ये ६ जनाको मात्र पानमा दर्ता भएको पुष्टि गरेको छ । अर्थात ३६७७ मध्ये कति सदस्यले पान नम्बर लिएका छन् ? पान नम्बर नलिने सबै सदस्य फर्जी भएको तथा भाद्र ६ गते हुने निर्वाचनमा फर्जी मतदान हुने पक्का रहेको अधिकांश व्यवसायीले बताएका छन् ।


