Screeजसपा नेपाल चुनाव चिन्ह छाताको उम्मेदवार मो. कमरुद्दिन राईले बृहत र्याली पश्चात आफ्नो विचार राख्दैnshot
नेपालगन्ज, १८ फागुन । निर्वाचनको मौन अवधि सुरु अगावै निकालिएको नेपाली काँग्रेस चुनाव चिन्ह रुख र जसपा नेपाल चुनाव चिन्ह छाताको बृहत र्याली देखेर अन्य प्रतिस्पर्धीको चर्चा पाएकाहरुले र्याली निकाल्ने हिम्मत समेत नगरेको अहिले टिकाटिप्पणी शुरु भएको छ । जसपा नेपाल चुनाव चिन्ह छाताका उम्मेदवार मो. कमरुद्दिन राईले ३ हजार बढीको संख्यामा शक्ति प्रदर्शन गर्दै र्याली निकाएका थिए भने मौन अवधिको पुर्व सन्ध्यामा नेपाली काँग्रेस चुनाव चिन्ह रुखका उम्मेदवार सुदान्सु कोइरालाले ५ हजारभन्दा बढीको संख्यामा मोटर साइकलको शक्ति प्रदर्शन गर्दै र्याली निकालेका थिए ।
अन्य केही प्रतिस्पर्धामा आउन रुचाउने उम्मेदवारले भने ५ सय जना कार्यकर्ता सहभागी हुन नसक्ने डरले र्याली नै ननिकालेको कारण अहिले र्याली ननिकाल्ने उम्मेदवारको ग्राफ तल्लो स्थानमा झरेको जनताले बताएका छन् ।
केही उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा आफुले बोलेका ‘तस्कर गराई दिने’ भन्ने शब्दले जनतामाझ नकारात्मक असर परेको छ भने चुनाव चिन्ह प्राप्त गर्न आफ्नो पार्टी छाडी अन्यमा जम्प गरेका कारण अधिकांश स्थानिय नेता तथा कार्यकर्ता रुष्ट भएकाले आफ्नो पार्टीमा शत प्रतिशत मत आउन नसक्ने टिकाटिप्पणी समेत शुरु भएको छ । मधेशमा मधेशका मुद्दालाई छाडी विकासको मात्र नारा लिएर अगाडी बढेका केही उम्मेदवारहरुलाई मधेशका जनताले मन नपराएको समेत बताइएको छ ।
एक महिनाको चुनावी प्रचारको क्रममा रुख र छाताको घरदैलो प्रभावकारी बन्नुका साथै नयाँ पुस्ताका युवाहरु पनि पार्टी प्रवेशको लहर भएकोले यी दुई बिच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।