काठमाडौं, ०७ जेठ । नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमिति सदस्य आलम खान फेसबुकमा जनतालाई भड्काउने खालको पोष्ट गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले हिरासतमा राखेको छ ।
बाँकेस्थित नरैनापुरमा कोरोना संक्रमित भएको २५ वर्षीय एक युवकको ज्यान गएपछि पत्रकार महासंघ, बाँके कार्यसमिति सदस्य खानले मंगलबार मृतकका परिवारलाई शहीद घोषणा गरी क्षतिपुर्तिको माग गरेपछि तनाव उत्पन्न सक्ने आशंका गरिएको थियो ।
पत्रकार महासंघ, बाँके कार्यसमिति सदस्य खानले जनतालाई भडकाउने खालको पोष्ट गरेपछि ध्वनिखबरले तत्कालै उक्त पोष्ट सार्वजनिक गरेको थियो ।
पत्रकार महासंघ, बाँके कार्यसमिति सदस्य खानले जनता भडकाउने खालको पोष्ट गरेपछि गृह मन्त्रालय र नेपाल प्रहरी हेड क्वाटर काठमाडौंले बाँके प्रहरीलाई तत्काल पक्राउ गरी आदेशपछि अहिले उनी जिल्ला प्रहरी कार्यालय, बाँकेको रोहबरमा राखिएको एक प्रहरीले बताए ।
माथिबाट आदेश आएपछि प्रहरीको टोली आज बुधबार विहान पत्रकार महासंघ, बाँके कार्यसमिति सदस्य खानलाई पक्राउ गर्न पुग्दा कोरोनाको यो संकट अवस्थामा प्रहरीको गाडीमा नजाने बरु मोटरसाइकलमा तपाईको अगाडि पछाडी गरेर जान्छु भनेर अनुरोध गरेपछि प्रहरीले उनलाई प्रहरीको अघिपछि राखेर जिल्ला प्रहरी कार्यालय, बाँके पु¥याएका थिए ।
नेपालगन्जको बोर्डर भारतमा करिब १५ सय नेपालीलाई नेपाल ल्याउनको लागि भारतीय प्रहरी आएकोले छलफलमा ब्यस्त रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी शिव कुमार सिंहले आलम खानलाई सोधपुछ गर्न बाँकी रहेको बताए । उनले भने–‘आलम जी आउनु भएको छ । भारतीय प्रहरीसँग छलफलपश्चात के रहेछ उहाँसँग पनि कुराकानी गर्नेछु । केही समयपछि मात्र एकिन विवरण थाहा हुन्छ ।’
सामाजिक सञ्जालमा जनतालाई भड्काउने खालको पोष्ट गरेपछि नेपाल कानुन अनुसार ‘सामाजिक उपद्र’ को कानुन हावी हुने कानुनी व्यवसायीहरुको भनाई रहेको छ । साथै सामाजिक उपद्र गर्ने नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यसमितिका सदस्य खानलाई महासंघले के कस्तो कारवाही गर्छ त्यो भने हेर्न बाँकी छ ।