प्रहरी प्रशासनको फितलो कडाईका कारण बाँकेमा आज ४७ जना कोरोना संक्रमित भेटिए

प्रहरी प्रशासनको फितलो कडाईका कारण बाँकेमा आज ४७ जना कोरोना संक्रमित भेटिए

काठमाडौं, ०५ जेठ । बाँके जिल्लाको नरैनापुरमा ४६ पुरुष र १ महिला गरी ४७ जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । बाँकेको २६३ जनाको स्वाब परिक्षण गर्ने क्रममा १९२ जनाको परिक्षण गर्ने क्रममा ४७ जनामा कोरोना पोजेटिभ देखापरेको हो भने ७१ जनाको परिक्षण हुन बाँकी रहेको बताइएको छ ।
आजको समेत गरेर बाँके जिल्लामा ८१ जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ । आज भेटिएका ४७ जनाहरु बाँकेको नरैनापुर क्षेत्रका बासिन्दा रहेको बताइएको छ ।
नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउनको नीति ल्याएको भएपनि बाँके जिल्लामा स्थानिय प्रशासन, प्रहरी लगायत जनताको लापरवाहीको कारण अहिलेसम्म ८१ जना कोरोना भाइरसबाट संक्रमित हुन पुगेको अधिकांशको भनाई रहेको छ ।
आजको मितिमा मात्र ४७ जनामा कोरोना भाइरस पोजेटिभ देखिंदा पनि स्थानिय बजार तथा सवारी साधनहरु निर्वाध रुपमा गुडिरहेका छन् भने स्थानिय प्रशासन जस्तो सुकै सूचना जारी गर्दा पनि स्थानिय जनता र प्रहरीले केही वास्ता नै नगरेको देखिएको छ ।
खुला सिमाना भएका कारण भारतबाट लुकीछिपी आउने गरेको तथा बजारमा सामाजिक दुरी समेत कायम नगरिएकोले बाँके जिल्ला कोरोना भाइरसको लागि कोरोना हब बन्न गएको अधिकांशको भनाइरहेको छ ।
बाँके जिल्लामा नेता, प्रतिनिधि लगायत स्थानिय प्रहरी प्रशासनको फितलो कडाईको कारण यती धेरै संख्यामा कोरोना भाइरस संक्रमित भेटिनु र यो क्रम अझै बढ्न सक्ने अनुमान गर्न थालिएको छ ।
स्थानिय बजार हुँदाहुँदै भारतीय तरकारी, पान लगायतको चोरी आयातका कारण बाँके लगायतका आसपासका जिल्लाहरुमा भारतबाट नै कोरोना भाइरस सर्न सक्ने अनुमान लगाउनुको साथै यसतर्फ स्रम्बन्धित निकायले समेत बेवास्ताको कारण बाँके जिल्ला अहिले त्रासमय बन्दै गएको छ ।
नेपाल सरकारले लकडाउनलाई कडाईका साथ अगाडि बढाउँदै सवारी साधनमा रोक लगाएपछि बाँकेका बासिन्दाहरु चाहेर पनि आफ्नो जिल्लाबाट बाहिर जान नसकेको अधिकांशको भनाई रहेको छ ।