नर्समा कोरोना संक्रमण देखिएपछि निदान अस्पताल शिल

नर्समा कोरोना संक्रमण देखिएपछि निदान अस्पताल शिल

काठमाडौं, ३१ बैशाख । अस्पतालकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पुल्चोकमा रहेका निदान अस्पताल र आरोग्य फाउण्डेसन शिल गरिएको छ ।
अस्पतालमा कार्यरत एक कर्मचारीमा मंगलबार कोरोना संक्रमण देखिएपछि बुधबार विहानैबाट सिल गरिएको हो । अस्पताल सिल गरिएपछि कुनै पनि व्यक्तिलाई प्रवेश दिइएको छैन् । अस्पतालमा कार्यरत नर्समा मंगलबार कोरोना परीक्षण गरिएपछि पोजेटिभ देखिएको थियो ।
वैशाख ९ गते इटहरी गएर वैशाख २९ गते इटहरीबाट फर्किएकी ती नर्सको राष्ट्रिय विज्ञान प्रयोशालामा स्वाव परीक्षण गरिएको थियो । २९ गते नै परीक्षणका लागि स्वाव संकलन गरिएपनि रिपोर्ट मंगलबार राति मात्रै आएको थियो । स्वाव दिएर उनी घर पनि गएको बताइएको छ । इटहरीबाट आउने क्रममा अस्पताल प्रशासनका एकजना कर्मचारी र एम्बुलेन्स चालकले उनलाई साँगाबाट लिएर आएका थिए । अहिले संक्रमित नर्सलाई लिएर आउने प्रशासनका कर्मचारी र चालक अस्पताल भित्रै रहेको बताइएको छ ।