ब्यूरो कार्यालय, काठमाडौं । नेपालको बिकासको लागि सुरक्षाफौजले इमानदारी देखाएमा मुलुकको राजस्व बढाउनको लागि बॉके जिल्ला स्थित सशस्त्र प्रहरीले २ महिनामा नमुना प्रस्तुत गरेको छ ।
सरूवा भई आएका ३० नम्बर गणका प्रमुख एवम् एसपी दिपक अधिकारी र ४० नम्बर राजस्व गुल्मका प्रमुख एवम् डिएसपी नवराज बोहराको तालमेलको साथै सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालको कडा निर्देशनमा २ महिनाभित्र करोड बढीको सामान बरामद गरी इमानदारीको नमुना प्रस्तुत गरिएको छ ।
प्राप्त जानकारी अनुसार एक वर्षमा अहिलेसम्म यसरी दुई महिनामा यत्रो ठुलो परिमाणमा सामान बरामद गर्नु सशस्त्र प्रहरीको लागि ठुलो सफलता हुनुको साथै अहिलेसम्मको ठुलो रिकर्ड मानिएको छ ।
सरूवा भई आएको एक-दुई हप्ता सूचना संकलन र चौरी निकासी पैठारी हुने सम्भाब्यताको अध्ययन पश्चात एसपी अधिकारी र डिएसपी बोहराको समूह सक्रिय रूपमा परिचालन भई दुई महिना मै ठुलो सफलता हासिल गरेको पाइएको छ ।
यस बिषयमा सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल भन्नुहुन्छ-“हामी बॉके मात्रै नभएर देशव्यापी रूपमा मुलुकको राजस्व बढाउने कार्यमा केन्द्रित छौं । सशस्त्र प्रहरी बलभित्र कही कतैबाट केही नकारात्मक भेटियो भने तत्काल कारवाही गर्छौं । अध्ययन गर्न समय लाग्छ तर छिटै नै गलत कार्य गर्ने गिरोहप्रति हाम्रो निगरानी र सक्रियता बढ्छ ।”
दुई महिनाको अन्तरालमा सशस्त्र प्रहरी बलले ठुलो मात्रामा केराउ, कपडा, चोरीका गाडी लगायत १ करोड बढीको सामान बरामद गर्न सक्रिय भूमिका खेलेको पुष्टी समेत भएको छ ।
भन्सार छलेर सामान ओसारपोसार रोक्नको लागि सशस्त्र प्रहरी बलले नेपालगन्ज भन्सार कार्यालयलाई २४सैं घण्टा तत्पर रहनुको साथै भन्सार कार्यालयका कर्मचारीलाई लिई गस्ती बढाएको देखिएको छ ।
सशस्त्र प्रहरी बलको साथसाथै नेपाल प्रहरीको जमुनाहा इलाका प्रहरी कार्यालय पनि अहिले सक्रिय रूपमा आफ्नो क्षेत्रमा कडाईका साथ गस्ती गर्दा पनि भन्सार छली कारोबार गर्ने गिरोहका एक नाइकेले यो धन्दा छाडी भारत पलायन समेत भएको सुनिनमा आएको छ ।