स्वास्थ्य मन्त्रालयको पत्रलाई बाँके प्रशासनद्वारा बेवास्ता : लखनउका अस्पतालका मालिक सेटिंग गर्न नेपालगन्जमा ?

स्वास्थ्य मन्त्रालयको पत्रलाई बाँके प्रशासनद्वारा बेवास्ता : लखनउका अस्पतालका मालिक सेटिंग गर्न नेपालगन्जमा ?

रामेश्वर गौतम
नेपालगन्ज, २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली विरामीलाई नेपालगन्जबाट लखनउ पठाई लुट्ने कार्य भएको भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेको नाममा अनुगमन गर्न अनुरोध गर्दै पठाएको पत्र भने बेवास्ता गरिएको कारण नेपालगन्जमा पुनः लखनउका विभिन्न अस्पतालका मालिक नेपाली विरामी पठाउन सेटिंगको लागि नेपालगन्ज आएको स्रोतले बतायो ।
करिब ४ वर्ष बढी समयदेखि केही फार्मेसीसँग मोटो कमिशन दिई सेटिंग गरी लखनउ गोमतीनगर स्थित क्रिसेन अस्पतालले नेपाली विरामीलाई लुट्ने गरेको विभिन्न संचार माध्यममा सार्वजनिक भएकोमा अहिले पुनः नेपालगन्जका नयाँ फार्मेसी टिमसँग मोटो कमिशनको लागि छलफल र सेटिंग गर्न अस्पतालका संचालक मो. इस्तिफाक नेपालगन्ज आएको स्रोतले बतायो ।
अस्पतालका संचालक मो. इस्तिफाक आई नेपालगन्ज नर्सिंग होम आसपास तथा कोहलपुरका केही फार्मेसीसँग सेटिंग मिलाउन फार्मेसीमैं रक्सी पार्टी समेत गरेको स्रोतले दाबी गर्दै भन्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र तथा अनुरोधलाई बेवास्ता गर्दै एम्बुलेन्सको अत्यधिक दुरुपयोग हुँदा बाँके जिल्ला एम्बुलेन्स संचालन समितिले कुनै ठोस कदम नचालेपछि एम्बुलेन्सको दुरुपयोग अत्यधिक बढेको देख्न सकिन्छ ।
लखनउ गोमतीनगर स्थित क्रिसेन अस्पतालका संचालक मो. इस्तिफाकले स्थानिय केही अधिकारीहरुलाई मोटो रकम दिएको कारण नेपाली विरामी लखनउमा लुटिने तथा एम्बुलेन्सको दुरुपयोग रोक्न कुनै ठोस कदम नचालिएको स्थानिय बुद्धिजीविले आरोप लगाएको पाइएको छ ।

लखनउ गोमतीनगरस्थित क्रिसेन अस्पतालका संचालक मो. इस्तिफाकले आफ्नै मुखबाट को–को उनको लागि काम गर्छन् भन्ने कुरा पुष्टि गरेका छन् ।

लखनउ गोमतीनगर स्थित क्रिसेन अस्पतालका संचालक मो. इस्तिफाकको मिडिल फार्मेसीका भीम भण्डारी, सुपा देउराली फार्मेसीका दिपेश श्रेष्ठ, केही हालसालै खुलेका नयाँ फार्मेसी र केही एम्बुलेन्स चालकसँग विगतमा राम्रो सम्बन्ध कायम भएकोमा अहिले नेपाली विरामीलाई लखनउ पठाउन नयाँ टिमसंग सम्बन्ध बनाउन नेपालगन्ज आएको स्रोतले बतायो ।

(लखनउ गोमतीनगरस्थित क्रिसेन अस्पतालका संचालक मो. इस्तिफाकले दिपेश श्रेष्ठको नाम लिन्दै पत्रकारलाई अफर दिन यसरी मेसेज पनि पठाउँछन् । यहाँबाट मो. इस्तिफाक र दिपेश श्रेष्ठको सम्बन्ध सहज अनुमान लगाउन सकिन्छ ।)
लखनउ गोमतीनगर स्थित क्रिसेन अस्पतालका संचालक मो. इस्तिफाकले नेपालगन्जमा विभिन्न व्यक्तिहरुलाई सेटिंग गराउन सुपा देउराली फार्मेसीका संचालक दिपेश श्रेष्ठलाई अगाडि सारेको फेसबुक मेसेन्जरमा उनले गरेको कुराकानीबाट पुष्टि समेत भएको छ । सुपा देउराली फार्मेसीका संचालक दिपेश श्रेष्ठले रकम सापटी लिई फिर्ता गर्ने बेला बैंक ट्रान्सफर गरी दिन्छन्, पछि सेटिंग नभएको अवस्थामा त्यही प्रमाण राखी झुठो मुद्दा लगाउने गरेको तथ्य बाहिर आएको छ ।


यसैगरी मिडिल फार्मेसीका भीम भण्डारी पनि लखनउ गोमतीनगर स्थित क्रिसेन अस्पतालका संचालक मो. इस्तिफाकका खास मान्छे रहेको मो. इस्तिफाकले स्वयं स्वीकारेको अभिव्यक्ति समेत दिएका छन् ।

लखनउ गोमतीनगरस्थित मो. इस्तिफाकको क्रिसेन अस्पतालमा ४ जना नेपाली विरामीलाई हाकाहाकी खुलेआम अभिव्यक्ति दिएर सुनगाभा सहकारी संस्थाका चालक भनी चिनिने कमल सिंह क्षेत्री (राधेराधे) पठाउँदा पनि बाँके प्रशासनले कुनै कदम चालेको देखिदैन ।

यसैगरी सुनगाभा सहकारीको १० वर्षभन्दा बढी पुरानो (अवैध) एम्बुलेन्स लिई संचालन गरेका राधेराधे भनी चिनिने कमल सिंह क्षेत्री अहिले लखनउ गोमतीनगर स्थित क्रिसेन अस्पतालका संचालक मो. इस्तिफाकको खास एजेण्टको रुपमा काम गरेको पुष्टि समेत भएको छ । प्रहरीमा दिएको बयान अनुसार क्षेत्रीले आफुलाई मासिक रु. ३० हजार महिनाको तलबमा काम गरेको बताएपनि अस्पताल र क्षेत्री भन्ने कर्मचारीले आन्तरिक राजस्व कार्यालयमा टिडिएस तिरेको नदेखिंदा झुठो बयान दिई भ्रम सिर्जना गरेको प्रहरी स्रोतले बतायो । यसैगरी राधेराधे भन्ने कमल सिंह क्षेत्रीले डंका फुक्दै लखनउको मो. इस्तिफाकको क्रिसेन अस्पतालमा नेपाली विरामीलाई पठाएको सार्वजनिक हुँदा पनि बाँके प्रशासनले छानबनि र कारवाही नगरिएकोले स्थानिय जनताले विभिन्न खाले टिकाटिप्पणी गरेको पाइएको छ ।
नेपाली विरामी लखनउ लगी क्रिसेन अस्पतालमा पुर्याउने एम्बुलेन्सलाई भारु १० हजार दिने गरेको र एम्बुलेन्स चालकलाई ज्वाई सरह सेवा दिने गरेकोले केही एम्बुलेन्स चालक समेत नेपाली विरामीलाई ललाईफकाई लखनउ लैजाने आतुर जस्तो देखिएको अन्य केही एम्बुलेन्स चालकले बताएका छन् । एम्बुलेन्स चालक र फार्मेसीको whatsapp मा भएको कुराकानी अनुसन्धान गर्यो भने धेरैको कैफियत देखिने तथा कानुन अनुसार कारवाही हुनु पर्नेमा स्थानिय बुद्धिजीवि एक मत देखिएका छन् ।
लाइन्स क्लब अफ नेपालगन्ज राँझाको एम्बुलेन्स पप्पु सिंह भन्नेले भाडामा लिई संचालन गरेको क्लबका एक अधिकारीले दिएको बयान भ्वाइस रिकर्ड सम्माननीय राष्ट्रपति ज्यूको कार्यालयमा समेत पुगेको र नरैनापुर गाउँपालिकाको सरकारी एम्बुलेन्स सद्दाम खानले भाडामा लिई संचालन गर्दा ध्वनिखबर मिडियाले पर्दाफास गरेपछि गाउँपालिकाले अहिले फिर्ता लगेको छ । साथै पप्पु सिंहले वडा नं. १२ भेरी प्राविधिक शिक्षालय जाने बाटोमा अवैध रुपमा एम्बुलेन्स पार्किंग गर्दा पनि बाँके प्रशासन भने अहिलेसम्म चुइक्क बोल्न समेत नसकेको अवस्था छ ।