काठमाडौं, १४ कात्तिक । मलमपट्टी मर्निंग वाक ग्रुपको एक समूहले जिल्ला प्रशासन कार्यालय, बाँकेमा एनजिओमा बैकुण्ठधाम सिधनियाघाटको नाममा दर्ता गराई गुठीको मूल्य मान्यताको नीति नियमलाई लत्याई बाँके जिल्लाको डुडुवा गाउँपालिका क्षेत्रको राप्ती नदी तटमा बैकुण्ठधाम निर्माण गर्न आर्थिक संकलनको लागि महोत्सवको आयोजना गर्न थालेको छ ।
कुनै पनि मठ मन्दिर लगायतका संरचना निर्माण गर्दा गुठी स्थापना गरी निर्माण तथा संचालन गर्नु पर्नेमा एउटा मर्निंग वाकमा हिड्ने ग्रुपले बैकुण्ठधाम निर्माणको लागि महोत्सव गर्दा पनि बाँके सिडियो आँखामा पट्टी बाँधेर चुपचाप मौन बस्दा रहस्यमय बनेको छ ।
बाँके सिडियो लगायत विभिन्न निकायका प्रमुख डा. बद्रि चापागाई (बैकुण्ठधाम सिधनियाघाटको संस्थापक सदस्य एवम् भेरी अस्पतालमा कार्यरत) को मलमपट्टी रेष्टुरेण्टमा बढी मात्रामा जाने गरेको कारण यस एनजिओको सबै कार्यलाई आँखामा कालो पट्टी बाँधेर सदर गर्ने गरेको अधिकांश स्थानियले आरोप समेत लगाएका छन् ।

बैकुण्ठधाम सिधनियाघाट नामक एनजिओको विधानको परिच्छेद–२ उद्देश्य ५ (च) मा संस्थाको अचल सम्पत्ति किन्न पाउने तर बेच्नु परेमा स्थानिय अधिकारीको स्वीकृती लिनु पर्नेछ उल्लेख गरेअनुसार ५० हजारको सम्पत्ति किनेर १० लाख भन्न सकिने भएको हुनाले हिसाब पारदर्शी नहुने आरोप छ ।
यसैगरी कुनै पनि एनजिओमा नेपाल सरकारको कुनै पनि निकायमा कार्यरत जो कोही पनि सदस्य वा कुनै पनि पदमा बस्न नपाउने नियम भएता पनि यस विषयमा बाँके सिडियोले कुनै वास्ता समेत नदेखाएको आरोप छ । जानकार भन्छन्–‘भेरी अस्पतालमा कार्यरत दुई जना डाक्टर यस एनजिओमा छन् । सरकारी कर्मचारी कुनै पनि एनजिओमा बस्न पाउँदैन । यो एनजिओ नै गलत हो ।’
उता राप्ती नदी तटमा भने त्यहाँका स्थानिय जनता अर्थात जग्गा धनीले कुनै पनि हालतमा यस्तो एनजिओलाई जग्गा बिक्री नगर्ने बताएका छन् । अर्थात बैकुण्ठधाम सिधनियाघाट भन्ने एनजिओसँग बैकुण्ठधाम निर्माणको लागि एक इन्च जग्गा पनि नभएको बताइएको छ ।
मलमपट्टी मर्निंग वाक ग्रुपको नाम दिँदै बैकुण्ठधाम सिधनियाघाटको नाममा एनजिओमा दर्ता गराउँदाको समयमा रहेका संस्थापकहरु मध्ये अधिकांश बाहिर जिल्लाका बासिन्दा भएको जनाइएको छ । उनीहरुले बसाईसराई समेत नगरेको बताइएको छ ।
बाँके सिडियोको आँखामा कालो पट्टी बाँधी कात्तिक २२ देखि चल अचल सम्पत्ति दान संकलन गर्न संचालन गर्न लागेको महोत्सवमा अधिकांश व्यापारी उद्योगपति लगायत दानकर्ताहरु पछि हटेको बताइएको छ । नाम बाहिर नआउने सर्तमा एक उद्योगपतिले भने–‘डा. कनोडियाले गलत ठाउँमा हात हाल्नु भयो । उहाँले हात फैलाई सहयोग माग्नु भयो भने नगद १०–१५ हजार नगद दिई सहयोग गरौला, यो भन्दा बढी सहयोग गर्न सकिन्न । किनभने मठ मन्दिर भनेपछि गुठीबाट संचालन हुनु पर्छ । भोली इभनिंग वाक ग्रुप, दिनभरी सुत्ने ग्रुप, राहुल चिया ग्रुप, त्रिभुवन हसीमस्ती ग्रुप लगायतका ग्रुपले एनजिओमा दर्ता भई जे पनि गर्न सक्यो नी । यस विषयमा बाँके सिडियो साबलाई के भएको हो ? छानबिन गरी कडा कदम चलाउनु पर्छ । यस कार्यबाट भोली सिडियो साबको छबीमा दाग लाग्न कुनै समय नै लाग्दैन ।’