बाँके प्रहरीलाई अर्को सफलता : राप्ती सोनारीबाट करिब ४ लाख नगदसहित २० जुवाडे पक्राउ

बाँके प्रहरीलाई अर्को सफलता : राप्ती सोनारीबाट करिब ४ लाख नगदसहित २० जुवाडे पक्राउ

काठमाडौं, ०६ कात्तिक । बाँके प्रहरीले सक्रियता देखाउँदै राप्ती सोनारी गाउँ पालिका वडा नं. ६ बाट २० जना जुवाडीहरुलाई जुवा खालबाट पक्राउ गरेको छ ।
राप्ती सोनारी गाउँ पालिका वडा नं. ६ स्थित संजय रानाको घरमा जुवा खेली रहेको गोप्य सूचना पाई बाँके एसपी तुल बहादुर कार्कीको गोप्य टिमले छापा मार्दा जुवा खालबाट नगद रु. ३ लाख ९१ हजार सहित २० जना जुवाडी पक्राउ गरेको हो । मंगलबार राती पक्राउ गरी विहान ४ बजे जिल्ला प्रहरी कार्यालयमा ल्याइ अहिले विहान ९.३० बजे मेडिकल गर्न पठाइएको एसपी कार्कीले बताउनु भयो ।
जुवा खालबाट पक्राउ परेका २० जना मध्ये केही पटके जुवाडी रहेको एसपी कार्कीले बताउनु भयो । उहाँ भन्नुहुन्छ–‘जुवा खेलाउने विषयमा बाँके प्रहरी सक्रिय छ । जुवाडे नाइकेहरुको लिष्ट नै छ, हाम्रो फ्लोअप जारी छ । जिल्लाभर गोप्य टोली खटाएका छौं । जुवा खालबाट रंगेहात पक्राउ गरी कानुन अनुसार कारवाही गर्नेछौं ।’