सडक विभागको जमीनमा नेपालगन्ज उपमहानगरपालिका र गुण्डाहरुको रजाई ? : ‘कानुनी राज्य स्थापना हुन्छ’–गृह मन्त्रालय

सडक विभागको जमीनमा नेपालगन्ज उपमहानगरपालिका र गुण्डाहरुको रजाई ? : ‘कानुनी राज्य स्थापना हुन्छ’–गृह मन्त्रालय

काठमाडौं, १६ असोज्र । नेपालगन्ज जमुनाहा वडा नं. १५ स्थित सडक विभागको स्वामित्वमा रहेको जमीनमा कानुन मिच्दै नेपालगन्ज उपमहानगरपालिका र त्यहाँ स्थित टोले गुण्डाहरुले जबरजस्ती रजाई गरेको खुल्न आएको छ ।
नेपालगन्ज जमुनाहा वडा नं. १५ स्थित सडक विभागको स्वामित्वमा रहेको जमीनमा नेपालगन्ज उपमहानगरपालिकाले कानुन मिच्दै २०७९ असोज १४ गते टेण्डर आह्वानपश्चात २ वर्षको लागि ठेक्काको सहमती गरी दिएकोमा पुनः सोही ठेकेदारलाई पार्किंग संचालन गर्न असोज १४ गते अनुमति पत्र दिएसँगै सडक विभागको निर्देशनमा सडक डिभिजन कार्यालय, नेपालगन्जले असोज १५ गते विभिन्न ऐन नियम उल्लेख गर्दै सडक स्वामित्वको जग्गा प्रयोग गर्न नपाउने र कारवाही गर्ने भनी सूचना नै जारी गर्यो ।


नेपालगन्ज जमुनाहा वडा नं. १५ स्थित सडक विभागको स्वामित्वमा रहेको जमीनमा नेपालगन्ज उपमहानगरपालिकाले अनाधिकृत रुपमा प्रयोग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज सम्पर्क कार्यालयले उपमहानगरपालिकालाई असोज १० बजे पत्राचार गर्दा पनि स्थानिय सरकारको दम्भमा कानुन मिच्ने कार्य गरेको बताइएको छ ।
नेपालगन्ज जमुनाहा वडा नं. १५ स्थित सडक विभागको स्वामित्वमा रहेको जमीनमा नेपालगन्ज उपमहानगरपालिकाले कानुन मिच्दै कार्य गरेको कारण ध्वनिखबर मिडियाले हेलो सरकारलाई संघिय सरकारको नीति नियम ऐन लागु गर्न तथा कानुनी राज्यको स्थापनाको पहल गर्न अनुरोध गर्दै विभिन्न सरकारी निकायलाई पत्राचार समेत गरेको छ भने गृह मन्त्रालयका एक आधिकारिक अधिकृतले भने –‘बाँके जिल्लामा कानुनी राज्य स्थापना गर्नको लागि बाँके प्रशासनलाई पत्राचार गछौं, कोही कसैलाई कानुन मिच्न दिँदैनौ र ढुक्क हुनु होस बाँकेमा कानुनी राज्य स्थापना हुन्छ ।’


यसैगरी जमुनाहा वडा नं. १५ स्थित नेपालगन्ज भन्सार कार्यालयको निवास क्वाटरको पर्खाल बाहिर खाली रहेको जमीन अर्थात सडक विभागको स्वामित्वमा रहेको जमीनमा टोले गुण्डाहरुले कब्जा गरी महंगो शुल्कमा पार्किंग गर्दा पनि प्रलोभनको कारण सरोकारवाला कुनै पनि निकायले कुनै कदम नचालेको आरोप समेत लगाउने गरेको पाइएको छ । उक्त क्षेत्र नेपालगन्ज भन्सार कार्यालयको क्षेत्रमा पर्नुको साथै ट्राफिक प्रहरीको उपस्थिती रहेको छ भने नेपालगन्ज भन्सार कार्यालयमा सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ड्यूटी भएता पनि त्यता नजर भने लगाइएको छैन ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्नुहुन्छ–‘क्वाटर अगाडि खाली जमीनमा राखिएको पार्किंग हटाउनको लागि ट्राफिक प्रहरी, जमुनाहा प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गरी हटाउने छु ।’