माथिल्लो हाकिमले चासो नराख्दा बाँके प्रहरीले घुमुवा प्रहरीबाट प्रेस लेखिएको गाडीमा तस्करी समेत गराउन थाल्यो ?

माथिल्लो हाकिमले चासो नराख्दा बाँके प्रहरीले घुमुवा प्रहरीबाट प्रेस लेखिएको गाडीमा तस्करी समेत गराउन थाल्यो ?

माथिल्लो निकायले चासो नराख्दा बाँके प्रहरीले घुमुवा प्रहरीबाट प्रेस लेखिएको गाडीमा तस्करी समेत गराउन थाल्यो ?
काठमाडौं, १२ भाद्र । नेपालगन्जमा विभिन्न घटनामा बाँके प्रहरीमाथी कैफियत र टिकाटिप्पणी हुँदा पनि माथिल्लो निकायले चासो नराख्दा बाँके प्रहरीको मनोबल बढ्दै जाँदै अहिले आफ्नै घुमुवा प्रहरीबाट तस्करी गराउन थालेको विभिन्न मिडियाबाट समाचार सम्प्रेषण हुन थालेको छ ।
नेपालगन्जमा विभिन्न हत्यामा अपराधीलाई पक्राउ गर्न नसक्नु, भारतीय नाका जमुनाहामा राष्ट्रिय अनुसन्धान कार्यालयका एसपी र हवलदारको बयान अनुसार बरामद लाखौं लुट्ने एसएन ब्लू क्यासिनोका जिएम अर्जुन खनाललाई २ रात पछि खोर मुक्त गर्नु र शान्ति सुरक्षा कायम गर्न नसकेको कारण बाँकेको राप्ती सोनारी गाउँपालिका क्षेत्रमा गुण्डाहरुको समूहले दुई युवकमाथि ज्यान मार्ने गरी खुकुरी प्रहारको घटना लगायतको विवरण गृह मन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई एसपी तुल बहादुर कार्की र डिएसपी नारायण डाँगीको बारेमा गुनासो गर्दा पनि मौन भएका कारण अहिले बाँके प्रहरीले आफ्नै घुमुवा प्रहरीबाट प्रेस लेखेको भारतीय नम्बर प्लेटको गाडीमा खुलेआम तस्करी गरेको खुलासा भएको छ ।
नेपालगन्जबाट संचालित अनलाइन खोजखबर डटकमले गाडी र तस्करी भएर ल्याएको सामानको तस्बीर राखी समाचार सम्प्रेषण हुँदा पनि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डिआईजी कुबेर कठायतदेखि प्रहरी महानिरीक्षक, गृह सचिव र गृह मन्त्रीबाट कुनै पहल नहुँदा बाँके प्रहरीको मनोबल बढ्दै ठुलो खेल हुन सक्ने अधिकांश स्थानियबासीले आरोप लगाउन थालेका छन् ।


आईजीपी सचिवालय हुँदै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले विभिन्न जिल्लाका प्रहरी कार्यालयलाई पत्राचार गरी घुमुवा (साधा पोशाक) प्रहरी नराख्ने निर्देशन दिए पनि जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी कार्की र डिएसपी डाँगीले माथिल्लो निकायको आदेशलाई बेवास्ता गरी लत्याउँदै प्रहरी हवलदार आतिश खानको नेतृत्वमा ५ जनालाई साधा (घुमुवा) पोशाकमा राखिएको बताइएको छ । यी घुमुवाहरुको टोलीले तस्करहरुसँग मिलेर मासिक हप्ता लिने, नदिनेको तस्करको सामान बरामद गर्नेको खुलासा मिडियाबाट नै भएको छ ।