काठमाडौं, ११ भाद्र । प्रेस काउन्सिल नेपालको बोद्यार्थ पत्र बाँके प्रहरीले लिक गरेको विषयमा उजुरी परेको एक हप्ताबढी हुँदा पनि गृह मन्त्रालय तथा नेपाल प्रहरी प्रधान कार्यालयले छानबिन र कारवाही समेत गरेको छैन ।
प्रेस काउन्सिल नेपालले ध्वनिखबर डटकमको नाममा मिति २०८१/०५/०२ च. नं. १४४ को इमेलबाट पठाएको पत्र र सोही पत्रको बोद्यार्थ पत्र प्रहरी नायब उपरिक्षक नारायण डाँगी (इमेल : bankedpo@gmail.com) लाई पठाएकोमा बाँके प्रहरीको ईमेल आईडी bankedpo@gmail.com बाट विभिन्न संचारकर्मीको इमेलमा कसरी पठायो ? यसरी प्रेस काउन्सिल नेपालको बोद्यार्थ पत्र सार्वजनिक रुपमा जिल्ला प्रहरी कार्यालय, बाँकेले अन्य संचारकर्मीहरुलाई पठाउनु कानुन संगत नरहेको तथा प्रेस काउन्सिल नेपालका एक आधिकारिक अधिकारीले ‘बोद्यार्थ पत्र बाँके प्रहरीले सार्वजनिक गर्न पत्र पठाउनु गैर कानुनी हो, बाँके प्रहरीको बदमासी हो’ भन्ने अभिव्यक्ति (भ्वाइस रिकर्ड सुरक्षित राखिएको) आएको छ ।
कार्यालयभित्र आएको बोद्यार्थ पत्र यसरी सार्वजनिक गर्नको लागि बाँके प्रहरीले गरेको यो कदमको सर्वत्र घोर भत्र्सना गरिनुको साथै नेपाल प्रहरी जस्तो गरिमामय बोकेको संस्थाको बाँके प्रहरी एसपी तुल बहादुर कार्की र डिएसपी नारायण डाँगीबाट गरिएको यो कार्यबाट भोलिका दिन नेपाल प्रहरीभित्र रहेका अन्य गोप्य सूचना विदेशी गुप्तचर संस्थालाई लिक हुन सक्ने सम्भावना रहेकोले यस विषयमा गृह मन्त्रालयबाट आवश्यक छानबिन र दोषी ठहर भएमा यी दुई अधिकारीलाई कानुन अनुसारको विभागीय कारवाहीसहितको कारवाहीको लागि उजुरी निवेदन दिएको एक हप्ता बितिसक्दा पनि छानबिनको पहल समेत शुरु नभएको पाइएको छ ।
प्रेस काउन्सिल नेपालले पठाएको बोद्यार्थ पत्र बाँके प्रहरीले सार्वजनिक गर्न विभिन्न मिडियाकर्मीलाई पठाएलगत्तै प्रेस काउन्सिल नेपाल, नेपाल प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलाई सम्मानित अदालतमा न्यायको लागि जान जवाब माग गर्नुको साथै छानबिन र कारवाहीको निवेदन दिएको एक हप्ता बितिसक्दा अहिलेसम्म कुनै जवाब र छानबिन भएनभएको जानकारी प्राप्त हुन सकेको छैन ।


