सौर्यको जहाज चिप्लिएर दुर्घटना हुँदा आगो लाग्यो

सौर्यको जहाज चिप्लिएर दुर्घटना हुँदा आगो लाग्यो

काठमाडौं, ०९ साउन । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज रनवेमा चिप्लिएर दुर्घटना हुँदा जहाजमा आगो लागेको छ । बुधबार विहान ११.१५ बजे अवतरणका क्रममा जहाज दुर्घटना भएको हो ।


सौर्य एयरलाइन्सको जहाज अवतरणको क्रममा चिप्लिएर दुर्घटना भएको काठमाडांैं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ । उद्दारको लागि सुरक्षाफौजको टोली परिचालन भएको छ भने दुर्घटनामा परेको जहाजबाट कालो मुस्लोको धुँवा विमानस्थलको आकाशमा पुरै फैलिएको छ ।