काठमाडौं, २७ जेठ । उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको कडा निर्देशन र आईजीपी सचिवालयले दिएको आदेशको ठाडो उल्लंघन गर्दै लुम्बिनी प्रदेश अन्तरगत जिल्लाहरुमा अघोषित घुमुवा प्रहरीलाई बर्दीमा खटाइरहेको अवस्थामा बाँके प्रहरीमा घुमुवा प्रहरीमा ५ जनालाई खटाइएकोमा अहिलेसम्म ती घुमुवाहरुलाई बर्दीमा नखटाएको कारण रहस्यमय बन्दै गएको स्थानिय बुद्धिजीविले बताएका छन् ।
ध्वनिखबर डटकमले लुम्बिनी प्रदेशमा घुमुवाको आंतक भन्ने शिर्षकमा समाचार प्रकाशित हुँदै गर्दा रुपन्देही प्रहरीले घुमुवा प्रहरीमा खटिएका सबैलाई बर्दीसहीत ड्युटीमा खटाइएको जानकारी गराइएको छ भने बाँके प्रहरीमा घुमुवामा खटाइएकालाई भने हात लगाउने हिम्मत समेत नगरेको पाइएको छ ।
बाँके प्रहरीमा अघोषित रुपमा खटाइएका घुमुवा भने एसपीको राजीखुशीमा नभई प्रहरीका विभिन्न उच्च स्तरका अधिकारी र प्रभावशाली नेताको सिफारिसमा आर्शिवादको कारण घुमुवामा खटिएकाहरुले असुली गरीरहेको तथा नाकाहरुमा ढुकेर रकम असुली गरेको गुनासो यथावत नै रहेको स्थानिय बासिन्दाको भनाई रहेको छ ।
घुमुवा नराख्नको लागि उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको कडा निर्देशन, आईजिपी सचिवालयको आदेश र लुम्बिनी प्रदेश डिआईजीले संचार पठाउँदा पनि बाँके प्रहरीमा कार्यरत अघोषित घुमुवालाई ड्युटीमा राख्न भने लुम्बिनी प्रदेश डिआईजी कुबेर कठायतले हिम्मतसम्म गर्न नसकेका छैनन् ।
बाँके प्रहरी एसपी तुल बहादुर कार्कीको सक्रियताका साथ लाखौं रकमको भन्सार छलीका सामान बरामद गर्न हिम्मतका साथ अगाडि बढेको भएपनि अघोषित रुपमा खटाइएको घुमुवालाई विभिन्न दबावका कारण हटाउन नसकेको प्रहरी स्रोतले जनाएको छ । बाँके प्रहरीमा रहेका अघोषित घुमुवा भने पहिलेदेखि नै घुमुवामा रहेका खप्पिस भएकाले कुन साँचोले लुम्बिनी प्रदेश डिआईजी र बाँके प्रहरी एसपीमाथि दबाव दिन सकिन्छ भने नीति कारण माथिल्लो आकालाई ज्यू हजुरी गरेर घुमुवामा बसी मोटो आम्दानी गरेको प्रहरी स्रोतले बताएको छ ।