काठमाडौं, ०१ माघ । लुम्बिनी प्रदेश प्रहरी प्रमुखको सरुवा हुनासाथ नेपालगन्जका ट्राफिक प्रहरी अवैध पार्किगमा संलग्न रहेको विभिन्न उदाहरण अगाडि आएको छ । केन्द्रबाट सबै प्रदेशमा प्रहरी प्रमुखको सरुवा हुने क्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी उमेश जोशीको सरुवा हुने वित्तिकै बाँके ट्राफिक प्रहरी अहिले अवैध पार्किगमा संलग्न भई आम्दानी गर्न थालेको उदाहरण सामुन्ने आएको छ ।
लुम्बिनी प्रदेश तत्कालिन प्रमुख डिआईजी उमेश जोशीले नेपाल सरकारको नियम अनुसार सडकको स्वामात्विमा रहेको तथा सडकको किनारमा रहेको जमीनमा अवैध पार्किग हटाउन आदेश दिएकोमा पुनः दोस्रो पटक कडा आदेश दिएपछि बाँके ट्राफिक प्रहरीले नेपालगन्ज वडा नं. १० सुर्खेतरोड स्थित ड्रिमल्याण्ड होटल (ह्याप्पी आवर मिनि क्यासिनो) को सामुन्ने अवैध पार्किंग हटाएको थियो ।
लुम्बिनी प्रदेश तत्कालिन प्रमुख डिआईजी उमेश जोशीको सरुवा भई गएपछि तथा डिआईजी कुबेर कठायतले प्रदेश प्रमुखको जिम्मेवारी लिएको दिनमैं सोही स्थानमा उक्त होटल र क्यासिनोले अवैध पार्किग गर्दा बाँके ट्राफिक प्रहरी मौन देखियो ।
‘लुम्बिनी प्रदेश प्रमुख परिवर्तनसँगै कानुन पनि परिवर्तन गराई अवैध पार्किंग शुरु भएको हो सर ?’ भन्दै बाँके जिल्ला ट्राफिक प्रमुखलाई जानकारी लगाउनुको साथै स्टाटस न्यूजमार्फत गृह मन्त्रालय हुँदै आइजीपी केन्द्रिय सचिवालय, लुम्बिनी प्रदेश र जिल्ला प्रहरी कार्यालय, बाँकेमा जानकारी गराएपछि थप जानकारी लिन धेरै पटक बाँके जिल्ला ट्राफिक प्रमुखसँग कल गर्दा उहाँले सम्पर्क गर्नु भएन ।
सम्मानित सर्वोच अदालतको स्टे अर्डरमा संचालनमा रहेको ह्याप्पी आवर मिनि क्यासिनोले अवैध पार्किंग गर्दा ट्राफिक प्रहरीले मौन समर्थन दिने रहस्यको विषयमा जिल्लादेखि केन्द्रसम्म छानबिन गर्न अहिले जरुरी देखिएको छ । स्रोत भन्छ–‘नेपालगन्जमा ट्राफिक प्रहरीको भित्री आम्दानीको स्रोत धेरै छ, यो अवैध पार्किंगलाई समर्थन गर्दा विपक्षी राजनीतिक शक्ति केन्द्रको आशिर्वाद र आम्दानी हुने कारण मौन बस्नु पर्ने बाध्यता हो ।’
बाँके जिल्लामा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय, बाँकेमा एसपी सुवास चन्द्र बोहरा काज सरुवा भई आएदेखि इमानदारिताका साथ काम गरेको पाइएपनि चैन अफ कमाण्ड नमान्ने प्रहरीले उहाँहरुको बदनाम गराउने प्रयासमा लागेको देखिएको छ । नेपाल प्रहरीको सई र डिआईजी बिच (सईदेखि बरिष्ठ सई, प्रहरी निरिक्षक, डिएसपी, एसपी, एसएसपी र डिआईजीसम्म) पदको हिसाबले धेरै नै अन्तर भएपनि नेपाल कानुन अनुसार डिआईजीको आदेशको बेवास्ता गर्दा प्रहरीमा चैन अफ कमाण्ड हराउने क्रम तीब्र बढेको छ । नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरले संगठनभित्र चैन अफ कमाण्ड लागु गर्न आदेश नमान्ने प्रहरीलाई छानबिन गरी तत्काल कारवाही गर्न जरुरी देखिएको छ ।