‘बतासको कुनै गल्ती छैन’–मन्त्री प्रेम आले (भिडियो सहित) पुर्व र वर्तमान पर्यटन मन्त्रीको चेपुवामा ‘बतास’

‘बतासको कुनै गल्ती छैन’–मन्त्री प्रेम आले  (भिडियो सहित) पुर्व र वर्तमान पर्यटन मन्त्रीको चेपुवामा ‘बतास’

काठमाडौ,०१ माघ । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार परिवर्तन भई शेरबहादुर देउवाको सरकार बनेपछि अहिले मुलुकमा रहेका ठुला व्यापारीहरु त्रसित हुनुको साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुर्व र वर्तमान मन्त्रीको चेपुवामा पर्न थालेको चौतर्फी तथ्यहरु बाहिर आउन थालेको छ ।
पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भएको बेला नेपाल कानुन अनुसार ठुला व्यापारीको ख्याती पाएका बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले टेण्डरमार्फत खुला प्रतिस्पर्धाबाट नारायणीहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया खोल्न अनुमति पाएकोमा एमाले फुटेपछि माधव कुमार नेपालको समूहबाट मन्त्री बनेका ‘रुखबाट हामीले कार्बन डाइअक्साइड पाउँछौं र हामीले रुखलाई आक्सिजन दिन्छौं’ अभिब्यक्तिबाट चर्चित बन्न पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले राजनीतिक लडाईका कारण व्यापारी आनन्द बतास चेपुवामा परेको अधिकांश ठुला व्यापारीको भनाई रहेको छ ।
ठुला व्यापारीको नामले परिचित आनन्द बतासले नेपाल कानुन अनुसार नेपाल सरकारले टेण्डर आव्हान गरी नारायणहिटी दरबारसंग्रालयमा क्याफ्टेरिया संचालनको लागि खुला प्रतिस्पर्धाबाट ठेक्का दिएपनि मन्त्री प्रेम बहादुर आलेको मौखिक आदेशमा करिब ३ करोड बराबरको निर्माण एकै पलमा भताभुंग नै पारे ।
राजनीति स्रोतका अनुसार वर्तमान मन्त्री आले र पुर्व मन्त्री योगेश भट्टराई बिच आपसी मदभेदका कारण पुर्व मन्त्री भट्टराईले गरेका सबै कार्यहरु एक–एक गरी बिथोल्ने योजना बनाई आफुखुशी पावरको दुरुपयोग गरी योजनाबद्ध तरिकाले अघि बढेको समेत बताइएको छ । मन्त्री प्रेम आलेले प्रष्ट शब्दमा आनन्द बतासको कुनै गल्ती नभएको बताएपनि पुर्व मन्त्री भट्टराईसँग बदला लिन अहिले आनन्द बतासलाई शिकार बनाएको देखिएको छ । नारायणहिटी संग्रहालयमा टेण्डर प्रक्रियाको खुला प्रतिस्पर्धाबाट करिब ८ महिना अघि आनन्द बतासले करिब ३ करोडको लागतमा निर्माण कार्य गरीरहेको अवस्थामा मन्त्री आलेको मौखिक आदेशमा भत्काइएको छ । कानुन अनुसार निर्माण कार्य गरीरहेकोमा आनन्द बतासलाई ३ करोड हाराहारी नोक्सानी भएको तथ्य बाहिर आएपनि उनलाई क्षतिपुर्ति दिनेभन्दा पनि उनीमाथि पावरको ध्वाँस देखाई अझै चेपुवामा राखेको अधिकांशको भनाई रहेको छ ।


एमाले दुई टुक्रा भई माधव कुमार नेपालको तर्फबाट मन्त्री हुन पुगेका मन्त्री आलेले पुरानो एमालेबाट रुष्ट बनेका कारण नै अहिले मन्त्रीको पावर देखाउँदै रिस पोख्न एमाले सरकारको मन्त्रीले गरेको कामलाई मौखिक आदेशमा नेपाल कानुन अनुसार काम गरीरहेका ठुला व्यापारी आनन्द बतासलाई निशाना बनाएको अधिकांश व्यापारीको भनाई पाइएको छ ।
आनन्द बतासले नारायणहिटी संग्रहालयमा टेण्डर प्रक्रियाको खुला प्रतिस्पर्धाबाट करिब ८ महिना अघि अर्थात २०७७ पुष १७ गते सम्झौता गरी ६.३४ आना जग्गा रु. २ लाख २१ हजार ६ सय १८ रुपैयामा मासिक भाडा बुझाउने गरी तीन वर्षको लागि भाडामा लिएको थियो । साथै सम्झौता अनुसार पाँच वर्षको लागि ठेक्का समयसिमा थप्न सक्ने प्रावधान समेत राखिएको थियो । यसका अतिरिक्त उक्त सम्झौतामा क्याफ्टेरिया निर्माण गर्न छुट्टाइएको जग्गा बाहेक प्रत्यक्ष रुपमा जेजति रुपमा जग्गा प्रयोग हुन्छ सो अनुपातमा नारायणहिटी दरबार संग्रहालयको बैठकले तोकेबमोजिमको थप भाडा तिर्नु पर्ने सर्त समेत उल्लेख भएको बतास अर्गनाइजेशन निकटले ध्वनिखबरलाई बताएका छन् ।
साथै क्याफ्टेरिया वरिपरिको क्षेत्रहरुमा वातावरण सुधार गरी सौन्दर्यकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने खालका सम्झौतामा उल्लेख गरिएको बताइएको छ ।
एमालेका सरकारमा टेण्डर आव्हान गरी लिखित सम्झौता अनुसार मन्त्रीको मौखिक आदेशमा ठुलो लगानी गरी डुब्ने अवस्थामा वर्तमान सरकारले कुनै टेण्डर आव्हान गरी टेण्डर स्वीकृति गरेमा भोलि अर्को सरकारका यस्तै मन्त्रीले भताभुंग बनाउने डर त्रासका कारण अधिकांश ठुला व्यापारी पछि हट्ने कुरा समेत गर्ने गरेको पाइएको छ ।
मन्त्री आलेको सिफारिसमा निर्माण गरिएको छानबिन समितिले नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहाललाई दोषी ठहर गरेपछि दाहालले अहिले राजीनामा समेत दिएका छन् । मन्त्री आले र राजीनामा दिएका दाहालबीच केही महिना पुर्व आपसी सम्बन्धमा तितोपन आएपछि मन्त्रीको पावर देखाउँदै सबैलाई एक–एक गरी निशाना बनाएको समेत मन्त्रालय स्रोतले बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको व्यवहार र पावर शो–अप गर्ने प्रवृत्तिबाट होटल व्यवसायी मात्र नभई पर्यटन क्षेत्रमा ठुलो लगानी गर्ने व्यापारी समेत त्रसित बन्न पुगेका छन् । यसैगरी नेपाल वायुसेवाको हवाला दिँदै मन्त्री आलेले विदेशीहरुको लागि नीजि विमान कम्पनीहरुको जबरजस्ति टिकट दररेट घटाउन योजना बन्दै गरेको कारण पनि नीजि विमान कम्पनी समेत आंतकित हुन पुगेको बताइएको छ ।