नेपालगन्ज, १३ भदौं । नेपालगन्जको जनताको राजनीति भने अहिलेसम्म कुनै राजनीतिक दलले बुझ्न नसकेको स्थितीमा करिब ६ महिनापछि हुने स्थानिय सरकार अन्तरगतको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर पदको लागि मुस्लिम समुदायलाई अगाडि सार्ने चर्चाको विषय बन्न पुगेको छ । हुन त अधिकांश विभिन्न राजनीतिक पार्टीहरुले यसैलाई मध्यनजर राख्दै विभिन्न पदको टिकट दिने चलन नभएको पनि होइन ।
नेपालगन्ज उपमहानगरपालिकामा विभिन्न समुदायको तल्लो स्तरको जनताको पहुँच नपुगेको तथा काम कारवाहीमा ढिला सुस्ति हुनुको कारण पनि आउँदो मेयर उपमेयरको निर्वाचनमा ग्रासबाट माथि आएको नेतालाई साथ दिने अधिकांशले मनसाय राख्दै विभिन्न वडामा जेजस्तो भएपनि मेयर उपमेयरमा मुस्लिम समुदायका उम्मेदवारलाई नै सहयोग गर्ने कुरा आउन थालेको छ ।
जनता समाज पार्टी नेपाल बाँकेबाट कमरुद्दिनले मेयरको टिकट पाउने करिब करिब पक्का नै भएको स्थिती छ भने अन्य पार्टीले मेयरको उम्मेदवार को हो भन्ने खोलेका छैनन् । माओवादी केन्द्र बाँकेबाट उपमेयरको लागि उद्योगी व्यवसायी कस्मिरा खातुनको नाम चर्चामा ल्याएको छ भने राप्रपा बाँकेबाट मेयर पदमा हालका वडा अध्यक्ष मो. सफिक बेहनाको नामलाई अघि सार्ने कुरा भईरहेको जानकारी बाहिर आएको छ । मेयर उपमेयर पदको लागि सबै पार्टीका केन्द्रिय कार्यसमितिले निर्णय पछि टिकट दिने भएकोले मेयर उपमेयरको चाहना राख्नेहरु अहिले अन्यौलमा नै छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा राप्रपाका केन्द्रिय नेता डा. धवल सम्शेर राणाको प्रिय र विश्वासिलो पात्रको रुपमा मो. सफिक बेहनालाई लिएको छ भने डा. राणाको आर्शिवाद पाएका मो. सफिक बेहनाले टिकट पाउने करिब करिब पक्का जस्तो रहेको अधिकांश राप्रपा बाँकेका नेता कार्यकर्ताले बताउने गरेको पनि छन् ।
वडा नं. ४ को वडा अध्यक्षको जिम्मेवारी वहन गरीरहेका मो. सफिक बेहनाले कोरोनाको कहरमा आफ्नो वडाबासीलाई मात्र नभई प्रत्यक्ष रुपमा आम जनतालाई फाइदा पुग्ने गरी भेरी अस्पताललाई नीजि स्रोतबाट रु. २ लाखको सहयोग तथा बटुवा गरिबहरुलाई निशुल्क भोजनको व्यवस्था समेत गरेका थिए भने अन्य कुनै पनि वडाको जनतालाई पर्न आएको समस्यालाई विभिन्न सरकारी अड्डाहरुमा गएर काम गराएको कारण पनि उनी जनतामाझ भिज्न सकेको मानिएको छ ।
यसैगरी उपमेयरको चाहना राख्ने माओवादी बाँकेका नेता कस्मिरा खातुन पनि जिरो स्तरबाट स्थानिय नगरबासीको सहयोगबाट आज उद्योगी व्यवसायी बन्न सफल हुन भएको छ । उनलाई तल्लो स्तरको अति सामान्य र अनपढ जनताको पीडा र समस्याबाट अनुभव बटुलेको पनि हुनुहुन्छ ।
हुन त नेपालगन्ज उपहानगरपालिकाको २३ वटा वडामा मुस्लिम समुदायको करिब २८ हजार मतदाता संख्या रहेकोको मेयर उपमेयर निर्वाचित हुन करिब १६ हजारको हाराहारी मत ल्याए पुग्छ । यसैगरी माओवादी केन्द्र र राप्रपाको नगर क्षेत्रमा करिब ४–५ हजार एक छापे पकेट मत छ ।
माओवादी केन्द्र र राप्रपासँग नगरमा पहाडी, मधेशी, मुस्लिम र विभन्न जातीहरुमा राम्रो पकड भएको तथा आउँदो निर्वाचनमा मुस्लिम समुदायले आफ्नो जातीलाई मेयर उपमेयरमा आफ्नो जातीको मान्छेलाई ल्याउन चाहेभने सबै समुदायले पनि साथ दिंदा मेयर पदमा मो. सफिक बेहना र उपमेयर पदमा कस्मिरा खातुनलाई पराजित गर्न असम्भव हुने कुरामा दुई मत देखिदैन ।