माओवादीले नेपालगन्ज उपमहानगरपालिका कब्जा गर्ने ग्राण्ड योजना बाहिरियो : नन्दलाल र खातुनको केमिष्ट्री

माओवादीले नेपालगन्ज उपमहानगरपालिका कब्जा गर्ने ग्राण्ड योजना बाहिरियो : नन्दलाल र खातुनको केमिष्ट्री

0नेपालगन्ज, ०८ भदौं । ६ महिनापछि हुने स्थानिय तलको निर्वाचनमा माओवादी केन्द्र पार्टी नेपालगन्ज उपमहानगरपालिका कब्जा गर्ने योजना बनाएको ग्राण्ड योजना बाहिरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयर लगायत बहुमत पुग्ने गरी वडा अध्यक्षलाई जिताउन माओवादीले आन्तरिक कसरत शुरु गरेको छ ।
मूख्यत मेयर उपमेयरको लागि राजधानीमा हाई कमाण्डबीच अहिले व्यापारी नेता नन्दलाल बैश्य र उद्योगी कस्मिरा खातुनको नाम चर्चाको बिषय बनेको छ । वर्तमान अवस्थामा नेपालगन्ज उपमहानगरपालिकामा मेयर राप्रपाका नेता डा. धवल सम्शेर राणा र उपमेयरमा काँग्रेसबाट उमा थापा मगर हुनुहुन्छ ।
राप्रपा बाँकेमा विवाद चुलिएपछि राप्रपाबाट मेयर उपमेयर उम्मेदवार निकै कमजोर भएको तथा काँग्रेसबाट अहिलेसम्म मेयर टिकटको नामको संकेत नआएकोले अहिले मेयरमा नन्दलाल बैश्य र उपमेयरमा कस्मिरा खातुनको नाम स्थानिय नगरबासी चर्चाको विषय बन्न पुगेको हो ।
राप्रपा बाँकेका हाईकमाण्डले माओवादीका व्यापारी नेता नन्दलाल बैश्यलाई पार्टी प्रवेश गराई मेयरको टिकट दिने गुरुयोजना बनाएकोमा राप्रपा केन्द्र स्तरका हाईकमाण्डले प्रष्टका साथ भने –‘राप्रपामा लागेको पुराना नेतालाई मात्र टिकट दिइनेछ । कसैले टिकट दिने जिम्मा नलिंदा हुन्छ । मेयर टिकट कुनै पनि हाईकमाण्डको जेबमा छैन ।’
राप्रपा बाँकेका हाईकमाण्डले माओवादी व्यापारी नेता नन्दलाल बैश्यबाट सांसदको निर्वाचनमा मधेश वर्गबाट सहयोगको साथै व्यक्तिगत आर्थिक सहयोग हुन सक्ने योजना बनाइ मेयरको टिकट दिन थालेको कारण राप्रपा बाँकेमा नेता कार्यकर्ताहरुबीच असन्तुष्ट पैदा भएको छ । साथै राप्रपा केन्द्रिय हाईकमाण्डबाट नयाँलाई टिकट नदिने नीति बाहिरिएपछि राप्रपा बाँकेका हाईकमाण्डले कोठे बैठकमा नयाँ रणनीति बनाउन लागेको केही राप्रपा बाँकेका नेताहरुले बताए ।
नेपालगन्जमा नगर क्षेत्रभित्र माओवादी केन्द्रको करिब ५ हजारको हाराहारीमा नेता कार्यकर्ता रहेको छ जुन राप्रपाभन्दा बढी छ । माओवादीका व्यापारी नेता नन्दलाल बैश्य नेपालगन्ज उद्योग वाण्ज्यि संघमा माओवादीको झण्डामा चुनावमा होमिएर निर्वाचित भएका थिए भने उनको कशौधन समाजमा राम्रो पकड हुनुको मुस्लिम र पहाडी वर्गमा राम्रो पकड र चर्चित अनुहार भएकोले चुनाव जित्न सक्ने आकंलन गरिएको छ ।
यस्तै सफल उद्योगी कस्मिरा खातुन नेपाली मुलको मुस्लिम समुदायमा अति नै चर्चित उपमेयर पदको उम्मेदवारको रुपमा अगाडी बढेको र नगरबासी समेतले रुचाएको मानिएको छ । निर्वाचन आउन करिब करिब ६ महिना बाँकी छ तर सफल उद्योगी कस्मिरा खातुनलाई विभिन्न पार्टीमा आवद्ध मुस्लिम समुदायका अगुवाहरुले निर्वाचनमा सहयोग गर्ने प्रतिबद्धता समेत दिन थालेका छन् । सफल उद्योगी कस्मिरा खातुनलाई नेपाली मुलको मुस्लिम महिलाको रुपमा चिनिने भएकोले पहाडी मुलका नेपाली र अधिकांश मुस्लिम समुदायले निस्वार्थ सहयोग आईरहेकोले उनी बलियो उम्मेदवार हुन सक्ने आकंलन गरिएको छ ।
यता माओवादी केन्द्रको करिब ५ हजार पकेट भोटका साथै व्यापारी नेता नन्दलाल बैश्यलाई मधेशी, पहाडी र मुस्लिमको सहयोग प्राप्त छ भने सफल उद्योगी कस्मिरा खातुनलाई समेत अधिकांश मुस्लिम, पहाडी र मधेशीको सहानुभूतिले यी दुबैको केमिष्ट्री मिलेको र बलियो उम्मेदवारको अग्रपंक्तिमा रहेको आकंलन गर्न थालिएको छ ।