नेपालगन्ज, ०७ भदौं । आउँदो मेयरको निर्वाचनमा राप्रपा बाँकेका हाईकमाण्डले अर्को पार्टीबाट व्यापारी नेतालाई पार्टी प्रवेश गराई मेयरको टिकट दिने षडयन्त्र चुलिएपछि राप्रपा बाँकेमा नेता कार्यकर्ताबीच चर्को विवाद बढ्नुको साथै असन्तुष्टी समेत बढेको पाइएको छ ।
राप्रपा बाँकेको नगर क्षेत्रमा मेयरको लागि चर्चित अनुहार भएपनि साँसदमा आफु जित्न सक्ने अनुमान लगाई एकल स्वार्थमा निर्णय गरी कोठे सदस्यहरुको षडयन्त्रको भूमरीमा अन्य पार्टीको व्यापारी नेतालाई मेयरको टिकट दिने भन्ने खबर चुलिएपछि एकाएक बाँकेस्थित हाईकमाण्डप्रति असन्तुष्टी बढेको स्थानिय नेता कार्यकर्ताबीच चर्चाको बिषय बन्न पुगेको छ । राप्रपा बाँकेबाट करिब आधा दर्जनको हाराहारीमा राप्रपा पार्टीमा धेरै लामो समयदेखि समय खर्चिएका अनुहार भएपनि आफ्नो मात्र स्वार्थ सोच्ने हाईकमाण्डप्रति नकारात्मक दृष्टिले हेर्न थालेको पाइएको छ ।
राप्रपा बाँकेमा नेता कार्यकर्ताहरुबीच असन्तुष्टी भएपछि अहिले अधिकांशले कात्तिकमा हुने महाधिवेशनमा केन्द्रिय अध्यक्षमा कमल थापालाई समर्थन जनाउने बताएका छन् । साथै राजधानीस्थित अधिकांश माथिल्लो तहका राप्रपा नेताले भने –‘आफ्नो जिल्लामा पार्टीका नेता कार्यकर्ताहरुलाई खुशी पार्न नसक्ने, सबैलाई मिलाएर लैजान नसक्ने र मेचीदेखि महाकालीका नेता कार्यकर्ताहरुलाई सन्तुष्ट पार्न नसक्ने कोहीले पनि केन्द्रिय अध्यक्षको सपना नहेर्दा हुन्छ । विदेशसँग राम्रो सम्बन्ध राख्न अनुभव भएका तथा मुलुकभरका सबै नेता कार्यकर्ताहरुको मर्म बुझने पार्टीका केन्द्रिय अध्यक्ष कमल थापा नै सबैभन्दा अव्वल छन् ।’
सोमबार दिउँसो मात्र बाँकेका हाईकमाण्डले आफ्नो एसमेन मानिने करिब १० जना पकेट नेता कार्यकर्ताहरुबीच गरेको गोप्य बैठक बाहिरिंदा पनि नेता कार्यकर्ताहरुबीच अझै चर्को असन्तुष्टी ब्यक्त गरेका छन् ।
जिल्लाका केही नेताले नाम नछाप्ने शर्तमा दुखेसो पोखे–‘राप्रपा बाँकेका हाईकमाण्डको कारण अब आउने स्थानिय, प्रदेश र संघिय निर्वाचनमा शून्य हात लाग्ने निश्चित हुनुको साथै पार्टी विस्तारै हराउँदै जानेछ ।’