बाँके एसपीको आदेशको बेवास्ता : इलाका प्रहरी चौकीको मिलेमतोमा खोला दोहन

बाँके एसपीको आदेशको बेवास्ता : इलाका प्रहरी चौकीको मिलेमतोमा खोला दोहन

काठमाडौं, ३० कात्तिक । गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले खोलामा जेसिभी लैजानको लागि ठेक्का दिनु पुर्व सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिले प्रारम्भिक वातावरणीय मूल्यांकन पास गरेको आधारमा मात्र निश्चित मापदण्डमा जेसिभी प्रयोग गर्ने कानुन भएपनि बाँके जिल्लाको ढलैया खोलामा बाँके जिल्ला प्रहरी कार्यालयका एसपी ओमबहादुर रानाको कडा आदेशलाई बेवास्ता गर्दै खोला नजिकको इलाका प्रहरी चौकीको मिलेमतोमा खोला दोहन कार्य जारी रहेको स्रोतले दाबी गरेको छ ।
बाँके प्रहरी प्रमुख रानाले खोला क्षेत्र भगवानपुर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक र फत्तेपुर चौकीका इन्चार्जलाई खोलामा जेसिभी गए कारवाही गर्न दिइएको कडा आदेशको बावजुद ढलैया खोला नजिक रहेको खल्ला टपरी अस्थायी प्रहरी चौकीका इन्चार्ज असई डंगबहादुर एमसीको मिलेमतोमा शनिबार रातीदेखि आइतबार विहानसम्म खोलामा जेसिभी प्रयोग गरी खोला दोहन गरेको प्रमाण फेला परेको छ ।
एसपी रानाको कडा आदेशका बावजुद अस्थायी प्रहरी चौकीका इन्चार्ज असई एमसीको मिलेमतोको हरकतले भित्री रुपमा ठुलै शक्ति लागेको स्थानियले बताएका छन् । खोला दोहनमा सहयोग पु¥याउने असई एमसीलाई उक्त इलाकामा इन्चार्ज दिई पठाउनेमा विभिन्न शक्ति लागेको समेत खुल्न आएको छ ।
ध्वनिखबरमा खोला दोहनको समाचार र लाइभ सार्वजनिक भएपनि खोला दोहनमा संग्लन केही गुण्डा नाइकेहरुले त्यहाँका स्थानियलाई धम्की समेत दिएको गुनासो पनि आएको छ । ती गुण्डा नाइकेले स्थानियलाई धम्काउँदै ध्वनिखबरलाई को ले रिपोर्ट गर्छ भन्दै धम्की दिएको समेत स्थानियले बताएका छन् ।
खोला दोहन गर्ने बखत खोलाको करिब १ किलोमिटरको आसपास क्षेत्रमा गुण्डाहरु तैनाथ गराउने तथा उक्त क्षेत्रमा कोहीलाई पनि जान निषेध समेत गरिनुको साथै ज्यानको खतरा समेत हुने स्थानियले गुनासो गरेका छन् ।
उक्त क्षेत्रमा स्थानिय मात्र नभई सशस्त्र प्रहरी बल ब्याक फोर्स सम्शेरगंजबाट खटिएको १–२ जनाको प्रहरीलाई समेत ती गुण्डाहरुले धम्की दिएको समेत सशस्त्र प्रहरी सम्शेरगंजबाट समेत जानकारी गराइएको छ ।
खोला दोहनमा संग्लन गुण्डा नाइकेहरुको धम्कीको कारण उक्त एरियाको युवाहरु एक भई बाँके जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र खोला दोहन नरोकिए आन्दोलन गर्ने समेत ध्वनिखबर काठमाडौंमा कल गरेर बताएका छन् ।