बाँके एसपी रानालाई ट्रयापमा पार्न सुनियोजित षडयन्त्रमा घुमुवाको नाम जोड्दै

बाँके एसपी रानालाई ट्रयापमा पार्न सुनियोजित षडयन्त्रमा घुमुवाको नाम जोड्दै

काठमाडौं, १७ कात्तिक । गत बुधबार जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी ओमबहादुर रानाको अगुवाईमा ठुलो धनराशीसहित करोडपति जुवाडेहरु पक्राउपछि अहिले बाँके जिल्लामा सर्वत्र रुपमा गलत कार्य गर्ने गिरोहहरु एसपी रानाको छबि बिगार्न संयुक्त रुपमा लागेको बुझिएको छ ।
नेपालको कानुन अनुसार जुवा खेल्नु सामाजिक अपराध मानिनुको साथै जेल सजाय समेत निर्माण भएको पनि हो । तर दसैं तिहार लगायत बाह्रमासे जुवाडेहरुले भने बाँके जिल्लाभित्र जुवा खेललाई निरन्तरता दिइएको पाइएको खबर पनि छ ।
एसपी रानाको अगुवाईमा भएको जुवा खेलाडीको कारवाही र जिल्लामा पूर्ण रुपमा जुवा बन्द गर्ने अभियानमा लागेका एसपी रानालाई ट्रयापमा पार्न गतल कार्य गर्ने विभिन्न समूह लाग्नुको साथै मिडियाको सहारा लिई कपोकल्पित समाचार प्रकाशित भएको अधिकांशको भनाई पाइएको छ ।
आइतबार राती सादा पोशाकमा खटिएका प्रहरीले कोहलपुर क्षेत्रको एक घरमा छापा मारे । गलत कार्य गर्ने गिराहद्वारा प्रहरीले आतंक मच्चाएको चर्चा फैलाइयो । तर उक्त घरमा जुवा भएको सूचना प्राप्त भएअनुसार छापा मार्न गएको प्रहरीको टोली न्यून संख्यामा अर्थात ३ जना मात्र भएको र जुवाडे खेलाडीहरु अत्यधिक संख्यामा रहेको कारण भाग्न सफल भएको स्रोतले बतायो ।
जुवा खेलाडीको संख्या अत्यधिक भएको कारण प्रहरीको अपरेशन हुन नसकेको तथा ती समूहद्वारा घुमुवाको सहारा लिँदै एसपी रानाको छबि बिगार्न अनर्थ प्रोपोकाण्डा मच्चाएको हुन सक्ने स्थानियले बताए । एसपी रानाले करोडपति जुवाडेहरुलाई अहिलेसम्म हिरासतमा राखी अनुसन्धान गरी रहेको अवस्थामा विभिन्न स्थानबाट चर्को दबाव भएपनि अहिलेसम्म नछोडिएकाले प्रहरीप्रति गलत कार्य गर्ने गिरोहहरु रुष्ट देखिएका छन् ।
एसपी रानाले करोडपति जुवाडेहरुलाई रिहा नगर्दा अहिले केही राजनीतिक पार्टीका केही नेताहरु समेत रुष्ट समेत भएको बताइएको छ । राजनीतिक दबावको कारण १० जुवाडे मध्ये एक जनालाई विशेष सुविधासहित नेपालगन्ज नर्सिंङ होमको आईसियुमा भर्ना गराइएको चर्चासँगै जति दबाव आएपनि कानुन अनुसार प्रहरीले आफ्नो अनुसन्धान जारी राखेको छ ।
आइतबार कोहलपुरमा प्रहरीको छापाको विषयमा केहीले लुम्बिनी प्रदेशका डिआईजी रविन्द्र सिंह धानुक र नेपाल प्रहरी प्रधान कार्यालय आईजिपी सचिवालयका केन्द्रिय प्रवक्ता कुबेर कठायतलाई एसपी रानाको ज्यादतीको कपोकल्पित कुरा गरेर छबि बिगार्ने कार्य समेत भईरहेको स्रोतले बतायो । तर नेपाल प्रहरी प्रधान कार्यालयको माथिल्लो निकाय भन्छ–‘कुनै पनि जिल्लाको एसपीले चाहे अनुसार काम गर्न सक्दैन । जुवा खेल रोक्न नेपाल सरकार र संगठनको नियम अनुसार भएकोले मेट्रो लगायत जिल्लाका सबै युनिटहरुलाई सूचना प्रवाह गरिएको छ । रह्यो बाँके जिल्लाको सन्दर्भमा एसपी रानाले जुवा खेल पूर्ण रुपमा रोक लगाउन गरिएको प्रयास प्रसंशनीय योग्य छ । हामी सबैको कुरा सुन्छौं । तर नेपाल सरकार र प्रहरी संगठनको नीति नियम अनुसार काम गरिएको छ वा छैनौ त्यो हेर्छौं ।’