काठमाडौं, १ असोज । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्ति माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा निस्किएका ग्रुप हन्ड्रेडका अध्यक्षले प्रहरीको रामधुलाई भेटेका छन् ।
बिहीबार दिउँसो ग्रुप हन्ड्रेडका अध्यक्षलाई प्रहरीले बबरमहल अगाडि प्रहरीले लाठी, मुक्का र बुट प्रहार गरेको छ ।
काठमाडौंमा अलपत्र परी भोको बसेका धेरैको भोको पेट भर्नको लागि खुला मञ्चमा खाना खुवाउने ग्रुप हन्ड्रेडका अध्यक्ष बब्लु गुप्तालाई प्रहरीले पटक पटक झम्टदै कुटपिट गरेको छ ।
प्रदर्शन गर्न भनी आइरहेका ग्रुप हन्ड्रेड युवाहरूलाई प्रहरीले सम्झाइबुझाइको कुरा छाडौं सिधै आएर आक्रमण शैलीमा प्रहार गरेको गुप्ताले बताए ।
उनीहरू कुलमानलाई प्राधिकरणमा पुनः नियुक्ति गर्नु पर्ने माग राख्दै धर्ना बस्न र प्रदर्शन गर्न माइतीघर जान क्रममै बिच बाटोमैं प्रहरीले झप्टेको गुनासो पुखेका छन् ।
उनीहरू ७०–८० जनाको संख्यामा मोटरसाइकलमा आउने क्रममैं दिउँसो तीन बजेतिर प्रदर्शनमा जाने क्रममा प्रहरीले बीच बाटोमा भ्यान ल्याएर रोक्दै मोटर साइकल ओराल्न लगाएको थियो ।
अध्यक्ष गुप्ताका अनुसार किन रोकियो भन्ने प्रश्न गरेपछि प्रहरीले ‘माथिको आदेश छ’ भन्दै मोटरसाइकलबाट ओराल्न थाल्यो । ‘हामीले ब्यानर देखायौं, प्रहरीले ब्यानर निकाल्न पाइँदैन भन्दै लछारपछार गर्यो, लखेटी–लखेटी कुटपिट गर्यो,’ उनले भने ।
उनले भने, ‘मास्क लगाएर हामी सामाजिक दूरी कायम गरेरै कार्यक्रम गर्न चाहन्थ्यौं, तर प्रहरीले साथीहरू सबैलाई कुटेर खेदायो,’ उनले भने, ‘कसैलाई त मोटरसाइकलमै लाठीले हिर्कायो ।’
प्रहरीको कुटाइ खाएका गुप्ताले आफ्नो हातखुट्टाका विभिन्न ठाउँमा नीलडाम रहेको छ ।
कोरोना भाइरसको महामारीका कारण अहिले सार्वजनिक ठाउँमा सभाजुलुश गर्न नपाउने नियम स्थानीय प्रशासनले लगाएको छ । काठमाडौं उपत्यकामा लामो समय निषेधाज्ञा जारी गरेको प्रशासनले निषेधाज्ञा खुकुलो पारे पनि सभाजुलुश गर्न रोक लगाएको छ ।