काठमाडौँ, १५ भाद्र — काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
काठमाडौं महानगरपालिकाको कार्यालयका अनुसार ‘मेयर साबलाई कोरोना सम्बन्धी कुनै लक्षण देखा परेको छैन । अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई परीक्षण गराउन र आइसोलेसनमा जान उहाँले आग्रह गर्नुभएको छ ।’
मेयर शाक्य श्रीमतीलाई कोरोनासँग मिल्दो जुल्दो लक्षण देखा परेपछि ग्रान्डी अस्पतालमा स्वास्थ्य जाँच गराउन गएको बेलामा आफ्नो पनि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा मेयर शाक्यको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । तर भने मेयर शाक्यकी श्रीमतीमा भने कोरोना नेगेटिभ देखिएको अस्पताल स्रोतले बताएको छ ।
महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मेयर शाक्य केही दिन होम आइसोलेसनमै बस्ने बताउदै भन्नुभयो,‘मेयर साबसँग मेरो कुर भयो । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भन्नुभयो । ’