सवारी पासमा पूर्ण रोक तर एम्बुलेन्सको सहारामा राजधानी प्रवेश हुन सक्ने आशंका

सवारी पासमा पूर्ण रोक तर एम्बुलेन्सको सहारामा राजधानी प्रवेश हुन सक्ने आशंका

काठमाडौं, २९ साउन । गृह मन्त्रालयले सूचना जारी गरेपछि आजदेखि देशभरका प्रशासन कार्यालयले सवारी पास वितरण बन्द गरिएको छ । बुधबार गृह मन्त्रालयले अर्को ब्यवस्था नभएसम्मका लागि पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो ।
यसैगरी बाँके जिल्ला प्रशासन कार्यालयले पनि आज सूचना जारी गर्दै गृह मन्त्रालयबाट अर्को सूचना जारी नहुँदासम्म सबै खाले सवारी पास रोकिएको जनाएको छ ।
सवारी पासमा धाँधली भएको अत्यधिक गुनासो तथा कोरोनो संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले सवारी पासमा पूर्ण रोक लगाइएको हुन सक्ने जानकारहरुले बताएका छन् ।
देशभर कोभिड–१९ कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण बन्द गर्न भन्दै ७७ वटै जिल्ला प्रमुखलाई पत्र पठाएको हो ।
अर्को निर्णय नहुँदासम्म एम्बुलेन्स, खाद्य तथा तरकारी बोक्ने सवारी साधनहरू बाहेक अरू गाडीहरू एक जिल्लाबाट अर्को जिल्ला जान पाउने छैनन् ।
विभिन्न जिल्लाहरुबाट एम्बुलेन्स प्रवेशमा राजधानी छिर्न रोकटोक नभएपनि एम्बुलेन्समा विरामीका साथमा कति जना भित्रिने कुरामा सुक्ष्म अनुसन्धान तथा सही जानकारी अनुसार राजधानी प्रवेश गर्न दिनु पर्नेमा जनताको जोड रहेको पाइएको छ ।
सवारी पास पूर्ण रुपमा बन्द भएपछि विरामीको बहाना बनाई अस्पतालबाट रिफर गराएर राजधानी प्रवेश हुन सक्ने सम्भावना समेत हुने स्थानियको गुनासो यथावत नै पाइएको छ ।