सीमा बजारमा भारतीय ठेलावालाको बिगबिगी : प्रहरी प्रशासन सचेत हुन जरूरी

सीमा बजारमा भारतीय ठेलावालाको बिगबिगी : प्रहरी प्रशासन सचेत हुन जरूरी

नेपालगन्ज । भारतमा बढ्दो बेरोजगारको कारण कामको खोजीमा अधिकांश भारतीय अहिले नेपाल-भारतको सीमा सहर बजारमा ठेला व्यवसाय अपनाएकोले नेपाली मजदुरमा रोजगारको समस्या देखा परेको छ ।

हिजोका दिनमा ठेला संचालन गर्नको लागि नगरपालिका र गाबिसले ठेला दर्ता गराउने देखि ठेला नम्बर अनिवार्य राख्नु पर्नेदेखि आवश्यक प्रक्रिया पुरा गरेर संचालनमा आउने गरेकोमा अहिले दर्ता बिना नै भारतीयद्वारा ठेला व्यवसाय संचालनमा आएकाे छ ।

भारतबाट केही महिनाको लागि ठेलासहित नेपाल-भारतसंग जोडिएको सहरमा दर्ता तथा प्रक्रिया बिना नै खुलेआम ठेला व्यवसाय संचालनमा ल्याउँदा पनि स्थानिय सरकार लगायत सरोकारवाला निकायले कुनै चासो समेत देखाएको छैन् ।

ठेलासहित नेपाली बजार छिरेका भारतीयहरू फुटपाथमा खाना पकाउने, फुटपाथमा नै डेरा जमाउनेदेखि सडकमा जथाभावी ठेला राख्नाको कारण दुर्घटना हुन सक्नेदेखि फुटपाथमा हिड्ने पैदल यात्रुलाई समेत कठिनाई परेको गुनासो आउने क्रम बढेको छ ।

दसै तिहार जस्ता महान चाड नजिकिदै गर्दाको अवस्थामा बेरोजगार भारतीयहरू अवैध ठेला व्यवसायदेखि रिक्सा व्यवसायमा संलग्न देखिएको तथा नेपाली मजदुरले काम नपाएर समस्यामा समस्या थपिंदै गएको यथावत नै देखिएको छ ।

साथै दसै तिहारमा चाड मनाउन घर छाडी आफन्त तथा पुर्खौली घर जाने परम्पराको कारण घरमा एउटा तालाको भरमा छोड्ने तथा लुटपाटको गुनासो आउने गरेको यथावत स्थितीमा अवैध रूपमा भारतीयद्वारा संचालित ठेला व्यवसायमाथि प्रहरी प्रशासनले बिशेष निगरानी राख्नु पर्ने कुरा पनि अहिले स्थानियबिच चल्न थालेको छ ।