राधेराधे भन्ने कमलले झुठो बयान दिएको मो. इस्तिफाकको अभिब्यक्तिबाट पुष्टि (भिडियो भ्वाइससहित)

राधेराधे भन्ने कमलले झुठो बयान दिएको मो. इस्तिफाकको अभिब्यक्तिबाट पुष्टि (भिडियो भ्वाइससहित)

रामेश्वर गौतम
नेपालगन्ज, १३ जेठ । लखनउ गोमतीनगरस्थित क्रिसेन अस्पतालका संचालक मो. इस्तिफाकले ध्वनिखबर मिडियाका सम्पादक उदय सिंह श्रेष्ठ विरुद्ध दर्ता गराएको जाहेरीको बयान लिने क्रममा झुठो बयान दिई फसाउन खोजेको पुष्टि भएको छ ।

अस्पतालमा नेपाली विरामीको घुइचो नलागेर व्यापार घट्दो भएपछि लखनउ गोमतीनगरस्थित क्रिसेन अस्पतालका संचालक मो. इस्तिफाकले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता गराएको जाहेरीको बयान दिने क्रममा राधेराधे भन्ने कमल सिंह क्षेत्रीले क्रिसेन अस्पतालबाट मासिक रु. ३० हजार तलबमा नेपाली विरामीलाई रिफर गराई लखनउ पठाउने बयान दिएकोमा मो. इस्तिफाकले राधेराधे भन्ने कमल सिंह क्षेत्रीसँग कुनै पनि सरोकार नरहेको सामाजिक संजालमा अभिव्यक्ति बाहिर आएपछि पत्रकारलाई फसाई मिडियाबाजी बन्द गराउने षडयन्त्रको पर्दाफास भएको छ ।


राधेराधे भन्ने कमल सिंह क्षेत्रीले क्रिसेन अस्पतालसंग मात्रै नभई लखनउको देविना अस्पतालबाट नेपाली विरामी पठाई दिने लालच देखाई भारु ५ लाख नगद लिएकोमा काम नगरेपनि उक्त अस्पतालले ठगिएको रकम फिर्ता पाउन नेपालस्थित भारतीय दुताबासमा पत्राचार समेत गरेका छन् ।
मो. इस्तिफाकले दर्ता गराएको जाहेरीमा विभिन्न यातायात समितिसंग सम्झौता गरि नेपाली विरामीको उपचार गरेको बयान दिइएकोमा उनले विभिन्न फार्मेसीलाई मोटो कमिशन दिई नेपाली विरामी आफुतिर तान्ने प्रयास गरेको बुझिएको छ ।
यस विषयमा आप्mनो नाम सार्वजनिक नगर्ने शर्तमा नेपालगन्जस्थित एक यातायात समितिका अध्यक्ष (भ्वाइस रिकर्ड सुरक्षित) भन्छन्–‘बाँकेमा करिब १८ वटा यातायात समिति छन् । बाँके जिल्लामा सुविधासम्पन्न स्तरीय अस्पताल भएको कारण हाम्रो समितिबाट कुनै पनि विरामीलाई लखनउमा उपचार गराउँदैनौं । तर केही समितिले यहाँका फार्मेसीमार्फत रिफर गराई लखनउ पठाई मोटो कमिशनको लालचमा मोटो विल बनाई फार्मेसी र समितिका केही पदाधिकारीबिच कमिशन बाँडफाँड हुन्छ । समितिबाट पठाइएको विरामीको विल भुक्तानी र वास्तविक खर्चको तुलना गरे सबै कानुनको दायरामा आउँछन् । यसको छानबिनको लागि स्थानिय प्रशासनबाट सम्भव छैन यसको लागि सिआईबी वा अख्तियारबाट सुक्ष्म छानबिन गरी सबै कमिशनखोरलाई कानुनको दायरामा ल्याउन जरुरी छ ।’
यसैगरी सुपा देउराली फार्मेसीका संचालक दिपेश श्रेष्ठले विभिन्न समितिसँग सम्झौता गरी घाइते नेपाली विरामीलाई लखनउको अस्पतालमा पठाउने गरेको पाइएको छ । यति मात्र नभई यिनले नेपालगन्ज वडा नं. १६ स्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास केन्द्रको भेन्टिलेटर एम्बुलेन्स खरिद गरी अवैध रुपमा संचालनमा ल्याएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एम्बुलेन्स सम्बन्धीको मापदण्डमा संघसंस्थालाई सुविधासहित दिएको एम्बुलेन्स भाडामा लगाउन तथा बिक्री गर्न नपाउने उल्लेख छ ।


सुपा देउराली फार्मेसीका संचालक दिपेश श्रेष्ठले सापटी लिएको रकम फिर्ता गर्दाको क्यूआर कोड मो. इस्तिफाकलाई उपलब्ध गराई जाहेरीमा प्रमाण स्वरुप राखिएको छ । ध्वनिखबर मिडियाका सम्पादक उदय सिंह श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा भएको बेला दिपेश श्रेष्ठले आफ्नो साथीको मोवाइलबाट हिरासतमा ड्यूटीमा रहेको प्रहरीलाई कल गरी पत्रकार श्रेष्ठसँग कुरा गर्दै भने ‘दाई तपाईसंग रु. २ लाख सापटी लिएको सत्य हो, अनि १–१ गरी दुई पटक रकम फिर्ता गरेको हो । तर मो. इस्तिफाकसँग मिलेर काम गर्ने भए तपाईको पक्षमा बयान दिन्छु ।’ यस विषयमा सम्मानित बाँके जिल्ला अदालतमा बयान दिने क्रममा नेपाल टेलिकमबाट उक्त भ्वाइस रिकर्ड झिकाउने माग समेत गरिएको छ ।