डुडुवा गाउँपालिकालाई नीजि क्षेत्रको बैकुण्ठधाम समितिले असक्षम बनाउने प्रयास ?

डुडुवा गाउँपालिकालाई नीजि क्षेत्रको बैकुण्ठधाम समितिले असक्षम बनाउने प्रयास ?

काठमाडौं, १२ कात्तिक । बाँकेस्थित डुडुवा गाउँपालिकालाई बैकुण्ठधामको टोलीले असक्षम बनाउने प्रयासमा रहेको स्थानिय गाउँका जनताले आरोप लगाउन थालेका छन् ।
राप्ती नदी क्षेत्रमा बैकुण्ठधाम आध्यात्मिक समितिले डुडुवा गाउँपालिकासँग कुनै सहकार्य नगरी पालिकाको क्षेत्राधिकारमा पर्ने राप्ती नदी क्षेत्रमा बैकुण्ठधाम निर्माण गर्न लागिएको कुराले स्थानिय गाउँका जनताबाट अहिले विरोध आएको छ ।
बैकुण्ठधाम आध्यात्मिक समितिले बैकुण्ठधामको निर्माणको लागि संघसंस्था अन्तरगत दर्ता गर्ने क्रममा राप्ती नदी आसपासका जनतालाई बेवास्ता तथा डुडुवा गाउँपालिका कार्यालयसँग कुनै सल्लाह नै नगरी निर्माणको लागि दान गर्ने दाताहरुको अगाडि हात फैलाउने गरेको समेत आएको देखिन्छ ।

डुडुवा गाउँपालिकाले राप्ती नदी क्षेत्रमा शव लिएर जाने जनताको लागि वर्षा र घामबाट राहतको लागि भवन निर्माण गर्ने कुरा आउना साथ स्थानिय उदय राज यादव र श्रीमती रेखा कुमारी यादवले स्वस्फुर्त जग्गा दान दिई भवन निर्माणको जगमा पुजा समेत गरेका थिए । राप्ती पारी आसपासका जनताले डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी बाहेक अन्य कसैलाई विश्वास नगर्ने समेत बताइएको छ ।

राप्ती नदी आसपासका जग्गाहरु यादव परिवारको रहेको तथा उक्त समितिको कदमबारे स्थानिय यादव परिवारको ठुलो विरोध रहेको पाइएको छ । बैकुण्ठधाम निर्माण हुनु राम्रो हो तर नीजि समूहले दर्ता गरी बैकुण्ठधाम निर्माणमा हाम्रो आपत्ति छ भन्दै स्थानिय गाउँका यादव परिवारहरु भन्छन्–‘यादव परिवारबाट जग्गा दान गरी डुडुवा गाउँपालिका कार्यालयले राप्ती नदी परिसरमा भवन निर्माण गरी शव लिएर जाने जनतालाई सुविधा दिएको छ । डुडुवा गाउँपालिकाले बैकुण्ठधाम निर्माण गर्यो भने चाहिने जति हामी जग्गा दान गर्न तयार छौं । तर नीजि क्षेत्रबाट निर्माण गर्न थाल्यो भने एक धुर जग्गा दानको कुरा छाडौं, बिक्री पनि गर्दनौं । भू–माफियाहरु अहिले बैकुण्ठधाम निर्माण हुने कुरा आएपछि प्रति कठ्ठा रु. ८ लाखमा खरिद गर्न समेत आएका छन् । हाम्रो जग्गा खरिद गर्न विभिन्न समूहको अनुरोध आएपछि बैकुण्ठधाम निर्माणको नाममा भू–माफियाको ठुलो चलखेल भएको महसुस गरिएको छ ।’


यसैगरी गाउँका जनता भन्छन्–‘बैकुण्ठधाम निर्माणमा अहिले राजनीतिले जरो गाड्न थालेकोले हामी सतर्क भएका हौं । डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी दुई पटक लगातार निर्वाचनमा विजयी भई गाउँ पालिकाको अध्यक्ष हुनु भएको हो । उहाँ जनताप्रेमी नेता हो । राप्ती नदी क्षेत्रमा डुडुवा गाउँपालिकाको क्षेत्राधिकारमा पर्छ । अध्यक्ष चौधरीले काम गर्न नसकेको भन्दै नीजि क्षेत्रले निर्माण गर्न लागेको चलेको हल्लासँगै उहाँको राजनीति चौपट बनाउने रणनीति मात्रै हो । डुडुवा गाउँपालिकासँग बजेट छ र संघिय सरकारबाट बजेट आएको छ । सोही बजेटबाट डुडुवा गाउँपालिकाले बैकुण्ठधाम निर्माण गरे राप्ती नदी आसपासका जनताको सहयोग पनि हुनेछ ।’

स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार गर्नु गराउनु पर्ने भएकोले डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बैकुण्ठधाम आध्यात्मिक समितिलाई पत्र लेख्दै समितिको सल्लाहकार पदमा रुची नभएको भन्दै बाई–बाई समेत गर्दा नीजि समूहबाट निर्माण हुने बैकुण्ठधाम निर्माणमा प्रश्न चिन्ह खडा भएको छ । यसैगरी बैकुण्ठधाम आध्यत्मिक मूल समारोह समितिका ललित रौनियार लगायतले छोडेको कारण नीजि क्षेत्रबाट बैकुण्ठधाम निर्माण हुनै नसक्ने अहिले जनताले आंकलन लगाउन थालेका छन् ।