सरकार परिवर्तनसँगै चन्द्रागिरिमा ढुंगा, गिट्टी र ग्राभेलका चोरी पैठारी बढ्यो ?

सरकार परिवर्तनसँगै चन्द्रागिरिमा ढुंगा, गिट्टी र ग्राभेलका चोरी पैठारी बढ्यो ?

काठमाडौं, २१ भाद्र । प्रचण्ड सरकार परिवर्तनसँगै चन्द्रागिरि क्षेत्रमा ढुंगा, गिट्टी र ग्राभेलको चोरी पैठारी ह्वात्तै बढेको गुनासोसहित खबर प्राप्त भएको छ ।
सरकार परिर्वतनसँगै प्रहरी प्रशासन र स्थानिय सरकार ‘तै चुप मैं चुप’को नीति अंगालेको कारण चन्द्रागिरि वडा नं. ४ भित्लाङ सडक जोड्ने गणेशमान सिंह राजपथस्थित पानीघाट क्षेत्रको सेतो पहराबाट रातीको समयमा करिब २० ट्रिपरभन्दा बढी ढुंगा, गिट्टी र ग्राभेल चोरी पैठारी भईरहेको स्थानियले बताएका छन् ।
स्थानिय भन्छन्–‘चोरी पैठारी गर्ने बखत ढुंगा, गिट्टी र ग्राभेलका चोरी पैठारी गर्ने समूहको २५–३० जना युवाहरुको घेराबन्दीमा कार्य भइरहेको, त्यहाँका कोही पनि बोल्यो भने सबैलाई टार्गेट बनाउने भएको कारण प्रत्यक्ष रुपमा कोही पनि बोल्न नसकेको स्थिती छ । वडा कार्यालय र प्रहरीलाई भन्दा कोहीले गुनासो सुन्दैनन् । एक पटक मात्र काम गरेको जस्तो गरी केहीलाई पक्राउ गरेकोमा अहिले रातीको समयमा खुलेआम चोरी पैठारी भईरहेको छ ।’
पानीघाट क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले कुनै पनि ठेक्का नलगाएको तथा सरोकारवाला निकायको मिलेमतोमा रातीको समयमा खुलेआम चोरी पैठारी भईरहेको स्थानियले आरोप लगाएका छन् ।
चोरी पैठारी भइरहेको विषयमा चन्द्रागिरि प्रहरी कार्यालयमा डिएसपी सुर्य प्रसाद सुवेदी भन्नु हुन्छ–‘ढुंगा, गिट्टी र ग्राभेलका चोरी पैठारी भईरहेको विषयमा प्रहरीलाई जानकारीमा नआएकोले यो विषयमा थाहा भएन, आजबाट नै उक्त क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिती हुनेछ । अवैध रुपमा चोरी पैठारी गर्ने समूहलाई कानुन अनुसार कारवाही हुनेछ ।’
यस विषयमा चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरि भन्नु हुन्छ–‘यो सबै झुठ कुरा हो । पहिला पनि यस विषयमा कुरा आएकोले डिएसपी साबलाई भनेर कारवाहीको प्रक्रिया थालेको हो । अहिले पनि डिएसपी साबलाई चोरी पैठारी रोक्न र कारवाही गर्न बारम्बार भनिएको छ । रातीको समयमा तरकारी बोकेर सवारी साधन आउने गरेको हो ।’