ध्वनिखबर समाचारको प्रभाव : सशस्त्र प्रहरीको उच्च स्तरीय छानबिन टोलीले कोशी प्रदेशमा छानबिन थाल्यो

ध्वनिखबर समाचारको प्रभाव : सशस्त्र प्रहरीको उच्च स्तरीय छानबिन टोलीले कोशी प्रदेशमा छानबिन थाल्यो

काठमाडौं, ०४ भाद्र । ध्वनिखबर डटकमको टिमले कोशी प्रदेश अन्तरगत झापामा गरेको स्टिंग अप्रेशनमा माथिल्लो स्तरदेखि तल्लो स्तरसम्म तस्करीमा संलग्न रहेको तथ्य प्रमाणसहित समाचार सम्प्रेषणपश्चात सशस्त्र प्रहरी बल केन्द्रिय कार्यालयले छानबिन थालेको छ ।
झापा बोर्डरमा दुबै सुरक्षाफौजका हाकिमहरुको मिलेमतोमा खुलेआम गोरु तस्करी लगायत अवैध रुपमा प्रतिबन्धित सामान नेपालबाट भारत र प्रतिबन्धित खाने तेल लगायत भन्सार छली गरी कपडा लगायत भारतबाट नेपाल आउने तस्करी भइरहेको तथ्य प्रमाण अनुसार सेटिंगमा काम भईरहेको विषयमा सशस्त्र प्रहरी बल आईजीपी सचिवालयले छानबिन थालेको बिशेष स्रोतले बताएको छ ।
कोशी प्रदेश भारतसँग जोडिएको नाकामा दुबै सुरक्षा फौजको मिलेमतोमा तस्करी भएको ध्वनिखबर मिडियाबाट जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बलले छानबिन थालिसकेको भएपनि नेपाल प्रहरी आईजीपी सचिवालयबाट भने कुनै कदम चालिएको भने पाइएको छैन ।
ध्वनिखबर मिडियालाई प्राप्त प्रमाण अनुसार सुनसरीको हाजी, सुनसरीको रमेश साह र दिलिप यादव र सिराहाको गोपाल भन्ने कपडा र लसुनको लागि लाइन खोलाएको उल्लेख छ । यसैगरी झापाको सन्जिब घोस, सोनु गुप्ता र राजा तथा सिराहाको गोपाल भन्ने कपडाको व्यापारी भारतबाट भन्सार छली कपडा ल्याउने गरेको उल्लेख छ । त्यस्तै कोशी प्रदेश अन्तरगतका जिल्लाहरुमा भारतबाट प्रतिबन्धित खाने तेल तस्करी भई प्राय किराना पसलमा खुलेआम तेल बिक्री वितरण हुनुको साथै भारतमा उत्पादन भएका अखाद्य तेलको विभिन्न स्थानमा ठुलो भण्डारण गरी राखिएको स्रोतले बताएको छ ।
कपडाको काम गर्ने तस्करले घोस्की नाकाबाट दैनिक २ पिकअपसम्म इनरुवा र झुम्काको बिछ पकली हुँै चताराको पुल निस्किएर मधेश प्रदेश पुर्याउने जिम्मामा रहेको उल्लेख छ । यसैगरी घोस्की नाकाबाट दैनिक ३ पिकअपसम्म हाउजिनको बाधबाट फुलबारी चोक हुँदै इटहरीसम्म पुग्ने गरेको छ । तस्करी हुने समय दैनिक राती ९ बजेदेखि विहान ४ बजेसम्म हुने गरेको बताइएको छ ।
सशस्त्र प्रहरी बल कोशी प्रदेशका डिआईजीको आशिर्वादमा सशस्त्र प्रहरी निरीक्षक भुवन खड्का, सुनसरी एसपी, भद्रपुर एसपीको बिशेष आशिर्वादमा खुलेआम तस्करी हुने गरेको बताइएको छ ।
कोशी प्रदेशमा सशस्त्र प्रहरी बलका डिआईजीदेखि एसपी हुँदै तल्लो दर्जाको सशस्त्र प्रहरी कर्मचारीहरु तस्करसँग मिलेमतो गरेको भन्ने खालको भ्वाइस लगायत अन्य प्रमाण पाएलगत्तै सशस्त्र प्रहरी बल आईजीपी राजु अर्यालको कडा निर्देशनमा आईजीपी सचिवालयले छानबिन टोली गठन गरी छानबिन शुरु भईसकेको बताएको छ ।