काठमाडौं, ०६ असार । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गम्भिर चासो नराख्दा चन्नौटादेखि गुल्मीसम्मका प्रहरीको सेटिंगमा गाईगोरुको तस्करी मौलाउँदा स्थानिय जनता नै अग्रसर भई तस्करी रोक्ने कार्यमा लागेको बताइएको छ ।
अस्ति भर्खर चन्नौटाबाट २ ट्रक गाईगोरु पोखरा तस्करी गर्ने क्रममा प्रहरीले हर्मिचौरबाट फर्काएर रिडी तर्फ लैजाने क्रममा त्यहाँका स्थानिय जनताको सक्रियतामा २ ट्रक गाईगोरु बरामद गरी गुल्मीका प्रमुख जिल्ला अधिकारीलाई खबर गरेपश्चात प्रजिअले तत्काल प्रहरीलाई खबर गरी नियन्त्रणमा लिइएको थियो ।
नियन्त्रणमा लिएको गाईगोरु सहित २ ट्रक तथा चालकलाई आवश्यक छानबिन गर्न कपिलवस्तु फिर्ता पठाइएको गुल्म प्रजिअ कृष्ण प्रसाद शर्माले जानकारी दिनु भयो । तर कपिलबस्तु जिल्लाबाट अवैध रुपमा गाईगोरु लोड भई रुपन्देही जिल्ला प्रहरी कार्यालयको मातहतमा पर्ने बुटवल प्रहरीको विभिन्न नाका हुँदै गुल्मीसम्म पुग्दा लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तरगतका प्रहरी चौकीले चेकजाँच नगर्दा भित्री रुपमा ठुलै मिलेमतो रहेको आशंका गर्न थालिएको छ ।


पाल्पा प्रहरी कार्यालयमा कार्यरत अघोषित घुमुवा प्रहरीको रुपमा कार्यरत प्रहरी हवलदार भुपेन्द्र खत्रीले विभिन्न तस्करबाट मासिक रुपमा रु. २ लाख ५० हजारका दरले रु. १० लाख असुली गरेको विषयमा स्थानियले उजरी निवेदन दर्ता गराउँदा छानबिन भएको खबरसँगै अघोषित घुमुवा प्रहरीमा रहेका प्रहरी हवलदार खत्रीमाथि के कस्तो कारवाही भयो भन्ने कुरामा अहिलेसम्म केही अत्तोपत्तो पनि नभएको जानकारीमा आएको छ ।
यो घटनापछि मधेश प्रदेश प्रहरी कार्यालय भने मातहतका सबै जिल्ला प्रहरी कार्यालयका मातहतका सबै चौकीहरुलाई कडा निर्दे दिँदै चनाखो बनाएको प्रवक्ता एसपी सुबास चन्द्र बोहराले जानकारी गराउनु भएको छ । दांग, चन्नौटा लगायत क्षेत्रबाट मधेश प्रदेश प्रहरी कार्यालयको क्षेत्रबाट पुर्व तर्फ गाईगोरु तस्करीमा कठिनाई भएकोले अहिले तस्करहरुले पोखरा तर्फ तस्करी गरीरहेको स्रोत बताउँछ ।
बाँके होस वा बर्दिया हो वा दांग होस वा कपिलबस्तु नै किन नहोस, उक्त क्षेत्रमा तस्करी गरेको संख्यामा गाईगोरु उत्पादन हुन असम्भव भएको स्थानियले बताएसँगै भारतबाट चोरी तस्करी तस्करी गराई नेपाल भित्र्याइन्छ अनि विभिन्न गाउँ पालिकाको विभिन्न वडा कार्यालयबाट पैसाको चलखेलमा सिफारिस लिने गर्नुको साथै पशु कार्यालयको क्वारेन्टाइनबाट प्रति बस्तुको रु. ५ हजारका दरले सेटिंग गराई सिफारिस समेत लिने गरेको यो व्यवसायमा नजिक रहेकाले बताउँछन् । गाईगोरुको तस्करीमा वडा कार्यालय, क्वारेन्टाइन र प्रहरीको प्रत्यक्ष मिलेमतो रहेपनि छानबिन कुन निकायले गर्ने विषयमा अहिलसम्म नेपाल सरकारले चासो नदेखाउँदा गाईगोरुको तस्करी हुने गरेको अधिकांश बृद्धिजीविको भनाई रहेको छ ।