काठमाडौ, ०७ फागुन । नेपाल सरकार मासिक तलब स्केल तोके अनुसार मेयरले मासिक रू ५० हजार र उपमेयरले मासिक रू. ४५ हजार पाउने व्यवस्था गरेको छ ।
यति एयरलाइन्सले नेपालगन्ज-जनकपुर-नेपालगन्जको भाडा दर रू. १७ हजार सार्वजनिक गरेको छ ।
नेपालगन्जका मेयर प्रशान्त बिष्टको मासिक तलब बाहेक अन्य कुनै आम्दानी हुने नदेखिएकोले रू. १७ हजार खर्च गरेर कसरी गए भन्ने प्रश्न नगरबासीमा उब्जिएको छ । नगरबासी भन्छन् -मेयरले आफै टिकट काटेर जानु भयो की, उपमहानगरपालिकाको रकम (नगरबासीको कर रकम) झिकेर जानु भयो की वा डोनर कोही थियो ? जे होस मेयर साबले सार्वजनिक गर्नु पर्छ ।”
नगरबासीले प्रश्न तेर्साउँदे भने-“डोनर कोही भए डोनरले किन र के का लागि खर्च गर्यो ? त्यती रकमको आम्दानी खर्चको स्रोत उल्लेख गर्नुको साथै आन्तरिक राजस्व कार्यालयमा सम्पूर्ण हिसाब पेश गर्ने कुरा सार्वजनिक गर्नु पर्छ ।”

साथै मेयर बिष्टका साथमा उहॉको घनिष्ट साथी पनि जनकपुर गएको देखियो र उहॉको टिकट को ले काट्यो ? मेयर बिष्टका घनिष्ट साथीले हालै मात्र स्वयम भन्नु भएको छ-“मेरो ५०-६० लाखको बैंक ऋण छ, किस्ता तिर्नेमा टाउको दुखाई छ, मेरो हैसियत छैन ।”
मेयर साबले आफ्नो र साथीको टिकट काट्दा रू ३४ हजार खर्च गरेर रू १६ हजार पाउने मासिक तलबबाट बचत हुन्छ । रू १६ हजारमा महिनाभर आफु र आफ्नो परिवारलाई दुई छाक टार्न पुग्छ ? अहिले यो गम्भीर प्रश्न नगरबासीको मुखमा पाइएको छ ।
यसैगरी नगरबासीको मुखले “उपमेयर मो. कमरूद्दिन राई प्रति पनि रू ३३ हजारले आफु र परिवारलाई महिनाभरी दुई छाक टार्न पुग्छ त ?” प्रश्न तेर्साएका छन् ।