नेपालगन्ज, १२ भदौं । नेपालगन्ज उपमहानगरपालिकाले वडा नं. १० मा टिनटहरा मर्मत कार्यमाथि अदालतमा विचारधिन विषयलाई टेकेर दादागिरी शैलीमा डोजर चलाएको छ । टिन टहरा मर्मत गरेको विषयलाई थाँती राखी मेयर, वडा नं. १०का वडा अध्यक्ष विन्दु बस्नेत र सम्मानित सुर्खेत जिल्ला अदालतले जैल सजायँ तोकेका १० जना नगर प्रहरीको विषयमा समाचार आएपछि समाचारको रिसमा अदालतमा विचारधिन भएको विषयलाई बेवास्ता गर्दै मंगलबार विहान दादागिरी शैलीमा डोजर चलाएको छ ।
भत्काउने भन्ने विषयमा निर्णय भएको प्रतिलिपी प्राप्त पश्चात सम्मानित जिल्ला अदालतमा पुनरावेदन दर्ता गराउँदा पनि नेपालगन्ज उपमहानगरपालिकाले जबरजस्ती टिन टहरा मर्मतका साथै पुरानो संरचना समेतमाथि डोजर लगाई लाखौंको नोक्सानी पु¥याएको छ ।
सडक डिभिजनको स्वामित्वमा भएको जमिनलाई नेपालगन्ज उपमहानगरपालिकाले जबरजस्ती आफ्नो अधिकारभित्र रहेको भन्दै नेपालगन्ज उपमहानगरपालिका मेयरदेखि कर्मचारीविरुद्ध आवाज उठाउने विरुद्ध व्यक्ति विशेषको पुरानो संरचनामाथि डोजर लगाउने कार्यलाई तिब्रता दिएको छ ।

ध्वनिखबरले नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा, वडा नं. १० वडा अध्यक्ष बिन्दु बस्नेत र सम्मानित सुर्खेत जिल्ला अदालतबाट ३ महिनादेखि १ वर्ष ६ महिनासम्म जेल सजायँ पाएका नगर प्रहरीका विरुद्ध समाचार मार्फत आवाज उठाइरहेकोले रिसको बदला लिनको लागि मंगलबार जबरजस्ती टिन टहरा मर्मत लगायत पुरानो संरचनामाथि डोजर चलाई ताण्डव समेत देखाए ।

नेपालगन्ज उपमहानगरपालिकाको यस्तो ताण्डवयुक्त मनपरीलाई स्थानीय प्रहरी प्रशासन समेत भने मुकदर्शक भएर बसेको अवस्था रहेको छ ।

सम्मानित सुर्खेत जिल्ला अदालतबाट जेला सजायँ पाएका नगरप्रहरी प्रमुख सूर्य बोगटी, असई बिकास गौतम लगायत नेपालगन्ज उपमहानगरपालिकाबाट कोभिडको रकम हिनामिना गरेको विषयमा जनताले आवाज उठाएका वडा नं. १० का वडा अध्यक्ष बिन्दु बस्नेत र जनताले बताएअनुसार कोराना लागेर क्वारेण्टाइन बसी भत्ता बुझेका मनोज शाही लगायतको उपस्थितीमा मंगलबार जबरजस्ती पुरानो संरचनालाई समेत भत्काई ताण्डव देखाएका छन् ।