सशस्त्र प्रहरीको सिमा नाकामा सक्रियता : सालकको खपेटासहित एक पक्राउ

सशस्त्र प्रहरीको सिमा नाकामा सक्रियता : सालकको खपेटासहित एक पक्राउ

नेपालगन्ज, २८ भदौं । नेपाल–भारत बोर्डरको बिशेष रुपमा सिमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको ३० नम्बर गण हेड क्वाटर बागेश्वरीले सोमबार विहान भारतबाट तस्करी गरी लैजादे गरेको सालकको खपेटासहित एक जनालाई पक्राउ गरेको छ ।
बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी वर्ष २४ को नहकुल थापा मगरले सालकको खपेटालाई लुकाईछुपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा नेपालगन्ज वडा नं. १६ जयसपुर क्षेत्रमा शंका लागी सोमबार विहान ७ बजे खानतलासी गर्ने क्रममा सालकको खपेटासहित सशस्त्र प्रहरी ३० नम्बरका सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द बिहारी शुक्लाको कमाण्डमा खटिएको गाडी मोवाइल टोली पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल ३० नम्बर गण हेड क्वाटर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक अशोक बमको कडा निर्देशनमा नेपाल–भारत बोर्डर क्षेत्रमा तस्करी रोक्न पूर्ण रुपमा सक्रिय देखिएको छ । सोमबार विहान सालकको खपेटासहित पक्राउ परेकालाई सशस्त्र प्रहरी नियमावली २०७२ (संशोधन सहित) को अनुसुची १९ बमोजिम डिभिजन वन कार्यालय, नेपालगन्जलाई आवश्यक कारवाहीको लागि पठाएको छ ।

सशस्त्र प्रहरी बल ३० नम्बर गण हेड क्वाटर बागेश्वरीले मान्छेसहित १४०० ग्रामको सालकको खपेटा, मोवाइल सेट १ थान, मोवाइलमा प्रयोग भएको सिमकार्ड २ थान, प्रयोगमा नआएको सिमकार्ड १ थान, रातो रंगको ब्ल्यांकेट १ थान र हरियो रंगको ब्याग १ थान डिभिजन वन कार्यालय नेपालगन्जमा बुझाएको छ