‘मेयर डा. धवल मुर्दावाद’को नारा लगाउँदै जनताले नेपालगन्जको ऐतिहासिक त्रिभुवन चोकमा ४५ मिनेट चक्काजाम गरे (भिडियो सहित)

‘मेयर डा. धवल मुर्दावाद’को नारा लगाउँदै जनताले नेपालगन्जको ऐतिहासिक त्रिभुवन चोकमा ४५ मिनेट चक्काजाम गरे (भिडियो सहित)

नेपालगन्ज, १० भदौं । भदौं ७ गते तीब्रगतिमा आएको मोटरसाइकलले ३ वर्षीयलाई ठक्कर दिई मृत्यु हुँदा मोटरसाइकल वाहकको अत्तोपत्तो नभएको र त्रिभुवन चोकमा लगाइएको सिसि क्यामरा बिग्रीएको अवस्थामा रहेको कारण वालिकालाई न्याय दिलाउन स्थानिय जनताले बिहीबार साँझ ‘मेयर डा. धवल मुर्दावाद’को नारा लगाउँदै नेपालगन्जको ऐतिहासिक त्रिभुवन चोक बजारमा करिब ४५ मिनेट चक्काजाम गरेका छन् ।

सयौंको संख्यामा स्थानिय जनता त्रिभुवन चोक आई चौतर्फी बाटो बन्द गर्दै वालिकाले न्याय पाउनु पर्छ भन्दै मेयर डा. धवल मुर्दावादको नारा लगाउँदै सडक पूर्ण रुपमा बन्द गराएका थिए । चौतर्फ सडक जाम गराउनको लागि आक्रोशित जनताले सडकमा मोटरसाइकल समेत तेर्साएका थिए ।

आक्रोशित जनताले मेयर डा. धवललाई सांसदमा होइन अब मेयरको रुपमा हेर्न नचाहेको भन्दै आक्रोश पोखे । चक्काजाम गरेको जनता सबैले मेयर डा. धवल सम्शेर राणाको चर्को विरोध र आलोचना समेत गरेका थिए । आफ्नो आक्रोश पाख्दै ‘यो एउटा टेलर मात्रै हो, बालिकाले छिटोभन्दा छिटो न्याय नपाए कडा आन्दोलन गर्ने’ चेतावनी समेत दिएका छन् ।