अवैध अनलाइनद्वारा फेक समाचार बनाउँदै तर प्रहरी प्रशासन मौन : १८ मध्ये ११ जना पत्रकारविरुद्ध अदालत जाने तयारी

अवैध अनलाइनद्वारा फेक समाचार बनाउँदै तर प्रहरी प्रशासन मौन : १८ मध्ये ११ जना पत्रकारविरुद्ध अदालत जाने तयारी

काठमाडौं, १ असोज । बाँके जिल्लाबाट सूचना विभाग र प्रेस काउन्सिलमा दर्ता र अनुमति बगैर संचालनमा रहेका अवैध अनलाइन मिडियाले झुठा समाचार प्रकाशित गरी चरित्र हत्यासमेत गर्ने कार्य जारी राख्दा पनि बाँकेका प्रहरी प्रशासनले अहिलेसम्म अंकुश लगाउनको लागि कुनै कदम भने चालेको देखिएको छैन ।
प्रेस काउन्सिलमा सुचिकृतको विवरण अनुसार बाँके जिल्लाबाट करिब डेढ दर्जनको हाराहारीमा अवैध अनलाइन मिडिया संचालनमा रहेको जानकारी प्राप्त भएको छ । आजभोलि त्यस्ता अवैध अनलाइन मिडियाले खुलेआम नाँगोरुपमा चरित्रहत्या गर्ने मनसायले समाचार प्रकाशित गर्दा पनि बाँकेका प्रहरी प्रशासन लगायत सरोकारवाला निकाय भने मौन नै देखिएको छ ।
भाद्र २४ गते नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको जम्बो टिमले अनाधिकृत रुपमा छापामार शैलीमा छापा मारेपछि अवैध अनलाइन मिडियाले कपोकल्पित समाचार प्रकाशन गरी चरित्र हत्या गर्ने प्रयास गरेको भेटिएको छ ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको जम्बो टिमले कहि कतै कसैको घरमा छापा मार्दा स्थानिय प्रशासनको लिखित अनुमति, वितरण केन्द्रभन्दा माथिल्लो निकायको लिखित आदेश र सम्बन्धित वडा कार्यालयबाट प्रतिनिधिको अनिवार्य उपस्थित हुन जरुरी हुन्छ । तर वितरण केन्द्रलाई छापा मार्न बाँके प्रशासनले लिखित अनुमति नदिएको, वितरण केन्द्रभन्दा माथिल्लो निकायले लिखित आदेश नदिएको देखिनुका साथै नेपालगन्ज वडा नं. १० का वडा अध्यक्ष विन्दु बस्नेतले विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले अहिलेसम्म कहि कतै छापा मार्ने कार्यमा जानकारी नै नदिएको बताउनु भयो । यसैगरी बाँके प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले वितरण केन्द्रले अनुमगन गर्नको लागि सुरक्षाकर्मीको आवश्यकताको लागि टेलिफोनबाट जानकारी आएपछि केही सुरक्षाकर्मीको व्यवस्था गरिदिएको बताउनु भयो । उहाँले भन्नुभयो–‘विद्युत प्राधिकरण मात्र नभई कुनै पनि संघसंस्था वा व्यक्तिले सुरक्षाको माग गरेपछि हामी सुरक्षाको व्यवस्था मिलाउँछौं ।’
उता विद्युत प्राधिकरणले छापाखानाको मिटरबाट सोही स्थानमा रहेको बागेश्वरी इण्टरनेशनल र क्यान्टिनलाई कहिलेबाट विद्युत सप्लाई दिएको र सिचाईको मिटरबाट पानीको टंकीमा पानी भर्ने कार्य भएको भन्ने कुरा उल्लेख गर्दै जानकारी लिन पत्र पठाएको र पत्रको जानकारी दिँदै बागेश्वरी इण्टरनेशनल र छापाखानाको संचालक एउटै रहेको तथा बागेश्वरी इण्टरनेशनलको सटरमा छापाखानाको ग्राहकसँग डिल गर्नुको साथै बाइण्डिङ कार्य हुने गरेको, छापाखानाको संचालक राजधानीमा बसोबास गर्ने भएकोले संचालक सहित छापाखाना कुरुवाको एक कर्मचारीलाई विहान साँझ खाना खुवाउनको भाद्र १ गतेबाट क्यान्टिन (औद्योगिक क्षेत्रभित्र पनि क्यान्टिनको व्यवस्था भएजस्तै) स्थापना गरेको जानकारी दिँदै सिँचाईको मिटरबाट २०७६ जेठ महिनासम्म खाली जमीनलाई ठेक्कामा दिई तरकारी खेती भएको तथा तत्पश्चात आफ्नै घरपरिवारको लागि कहिलेकाही तरकारी लगाउनेदेखि आँप केरा बारीमा पानी चार्ने कार्यमा सिँचाईको विद्युत सप्लाईबाट मोटर प्रयोगमा ल्याउने र विद्युत सप्लाई नियमित नभएको बेला टंकीमा जम्मा गरी सिचाई गर्ने गरेको विवरण खुलाई पठाइएको जानकारी गराइएको छ ।
नेपालगन्ज वितरण केन्द्रले छापामार शैलीमा घर छापाखानामा कोही नभएको बेला घरधनी तथा घर परिवार सदस्यबाट अनुमति नलिई जबरजस्ती घर छापाखानाभित्र प्रवेश गरी फोटो खिच्ने र भिडियो बनाई सामाजिक संजालमा पोष्ट गर्ने तथा अवैध अनलाइन मिडियाबाट सम्प्रेषण गरेको पाइएको छ ।
नेपालगन्ज वितरण केन्द्रले छापा मारेपछि इरिक्साको इपेडल रिक्साको किट पाटर्स राखिएको ५ कार्टुन हराएको विषयमा बाँके प्रशासनलाई २४ गते साँझ मौखिक जानकारी दिई २५ गते लिखित निवेदन दिइएको छ । साथै प्रमाण अनुसार २६ गते नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं मार्फत जिल्ला प्रहरी कार्यालय बाँकेमा ६–७ जना पत्रकारको नाममा उजुरी दर्ता समेत गराइएको छ भने प्रमाण अनुसार पुन ः २९ गते नेपाल प्रहरी महानिरिक्षकसमक्ष १५ विद्युत कर्मचारी, १८ जना पत्रकार र ३ जना सुरक्षाकर्मी र अवैध अनलाइनको समाचार शेयर गरी चरित्रहत्या गर्न खोज्ने १५ जना विरुद्ध नाम सहित उजुरी दर्ता भएको छ ।
भाद्र २६ गते दिइएको निवेदनमा बाँके प्रहरीले सक्रियता देखाउँदै भाद्र ३१ गते जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरिक्षकले टेलिफोन गर्दै भन्नुभयो–‘प्रहरी प्रधान कार्यालयबाट उजुरी निवेदन प्राप्त भएकोले सनाखतको लागि आई निवेदन अनुसार कारवाहीको प्रक्रिया अघि बढाइन्छ ।’
यसैगरी १८ जना पत्रकारविरुद्ध नेपाल प्रहरी महानिरिक्षकसमक्ष दिएको उजुरीको कारण १८ मध्ये ११ जनाले हस्ताक्षर गरी विज्ञप्ती जारी गर्दै नेपालगन्ज वितरण केन्द्रले समाचार संकलनको लागि बोलाएकोले गएको भन्ने कुरा उल्लेख गरिएकोमा इन्जिनियर सुरेश कुमार तिमिल्सेनाले सफा शब्दमा भनेका छन्–‘हामीले कुनै पनि पत्रकारलाई समाचार संकलनको लागि बोलाएका थिएनौं ।’
१८ जना पत्रकार मध्ये ११ जनाको मात्र हस्ताक्षर भएकोले केहीले जबरजस्ती आफुलाई लगिएको र केही पत्रकारले नै कल गरेर हामीलाई बारम्बार बोलाइएको जानकारी गराएकोले गएको कारण उक्त विज्ञप्तीमा विमती राख्नेले हस्ताक्षर नगरेको एक पत्रकारले बताए । घरधनीको अनुमति बिना बन्द रहेको घर छापाखानाभित्र जबरजस्ती प्रवेश गर्ने १८ जना मध्ये ७ जनालाई बलजफ्ती र करकापबाट उपस्थित हुनु परेको तथ्य बाहिर आएपछि न्याय लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता गराउँदा ११ जना विरुद्ध मात्र रिट दर्ता गराउने बताइएको छ ।
यसैगरी फेक समाचारको पराकाष्ठाको सिमा पार गर्दै बाँके प्रहरी प्रशासनमा पत्रकार उदयविरुद्ध मुद्धा दर्ता भयो भने खालको कपोकल्पित समाचार सम्प्रेषण गरेकोमा बाँके प्रशासन र जिल्ला प्रहरी कार्यालय, बाँकेमा त्यस्तो कुनै किसिमको उजुरी दर्ता नभएको सम्बन्धित अधिकृतले बताएका छन् । समाचारलाई आधार बनाई पत्रकारलाई प्रहरी प्रशासनमा उजुरी दर्ता नगर्न नहु्ने भनी संविधानमा अधिकार सुनिश्चित गरिएको छ भने हालै मात्र समाचारको आधारमा पत्रकारमाथि पत्रकार ठाकुर सिंह थारुले दर्ता गराएको उजुरीमाथि सम्मानित उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले बाँके प्रहरी प्रशासनलाई कारण देखाउ आदेश जारी समेत गरेको छ । साथै ध्वनिखबर डटकमले समाचार प्रकाशित भएको आधारमा उजुरी दर्ता नगराएको तथा अनुमति बिना घरभित्र प्रवेश गरेको विषयमा विभिन्न निकायहरुमा उजुरी दर्ता गराएको छ ।
को पत्रकार कस्ता जो अनुमति बिना नै जबरजस्ती घरभित्र प्रवेश गरे ः–
कृष्ण खनाल : केही वर्ष पहिला रात्रीकालिन क्रिकेट आयोजना हुँदा आयोजक टिम र पत्रकार टिम बिच खेलमा पत्रकार कृष्ण खनाललाई पत्रकारको टिममा नराखेको रिस साध्न झुठ्ठा समाचारको सहारा लिनुको साथै अनुमति बिना घरभित्र छिर्नु । यस्तै नेपाल पत्रकार महासंघ, बाँके शाखाका पुर्व अध्यक्ष झलक गैरेमाथि हातपात गरेको कारण एक रात वडा प्रहरी कार्यालयमा समेत बन्द भएको समाचार प्रकाशित गरेको निहुँका कारण ।
गजेन्द्र गुरुङ : २ महिनाको लागि रु. १ लाख सापटी लिई फिर्ता नदिने मनसायले धेरै महिना झुलाउनुको साथै धेरै महिनापछि उनको फर्मको नामबाट दिइएको चेकमा रकम नहुँदा लाइभ समाचारमा सापटी लिएको रकम फिर्ता नगर्ने हरकत पर्दाफास गर्छु भनेपछि मात्र सापटी रकम फिर्ता दिएको तथा उक्त घटनालाई रिसमा परिणत गर्दै फेक समाचारको सहारा लिँदै ।
खगेन्द्र दहाल : फेसबुक ग्रुप च्याटमा अपशब्द लेखेको कारण साइबर क्राइममा उजुरी दिन थालेको अवस्थामा बाँकेका केही पत्रकारहरुको अनुरोधमा कारवाहीको प्रक्रिया अघि नबढाएको तथा यसै रिसको कारण अहिले अनुमति नपाएको अवैध यूट्युबबाट फेक समाचारको सहारा लिँदै ।
रबिन्द्र सिंह ठकुरी : फेसबुक ग्रुप च्याटमा अपशब्द लेखेको कारण तथा धेरै घटनामा संलग्न भएको कारण साइबर लगायत प्रहरीमा उजुरी दिने तयारीमा रहेको बेला पटक–पटक बाँकेका पत्रकारहरुको अनुरोधमा कहि कतै उजुरी दर्ता नगराएको तथा यसैगरी कारण रिस साध्न अहिले अवैध अनलाइन मिडियाबाट फेक समाचारको सहरा लिँदै ।
आलम खान : सामाजिक संजालमा बाँके जिल्लामा सामाजिक सद्भाव भडकाउने खालको स्टाटस आएपछि ध्वनिखबरको सक्रियतामा प्रहरीले एक्सन लिई करिब ९ घण्टा प्रहरी हिरासतमा राखेर पछि तारिखमा रिहा गरेको कारण अहिले अवैध अनलाइन मिडियाबाट फेक समाचारको सहारा लिँदै ।

यो स्टाटसको कारण आलम खान जिल्ला प्रहरी कार्यालय, बाँकेमा करिब ९ घण्टा प्रहरी हिरासतमा बसेका थिए । पछि हाजिर हुने गरी तारिखमा छाडिएका थिए ।


चन्द्रेश्वर त्रिपाठी : नेपालगन्ज वडा नं. ६ का स्थानिय बासिन्दाको अनुरोधमा सडक चौडा गरी निर्माण गर्ने कार्यको लागि लाइभ प्रशारण गर्ने क्रममा त्रिपाठी र नातागोताको घरलाई समेत असर पर्ने भएकोले त्यसैको रिस राखी फेक समाचारको सहारा लिँदै ।
यसका साथ बाँके जिल्ला ध्वनिखबर डटकमको उपस्थितीको कारण मनोमानी तरिकाबाट वितरण हुने कार्यक्रममा पत्रकारलाई दिइने भत्ता केही हदसम्म कम भएको, केही पत्रकारको सिफारिसमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बन्ने गरेकोमा ध्वनिखबरको सक्रियताका कारण केही महिनाबाट अख्तियार दुरुपयोग अनुसन्धान विभाग बुटवलको नेपालगन्ज सम्पर्क कार्यालयले लिखित र प्रयोगात्मक परीक्षामा प्रत्यक्ष निगरानी बढाएको, यसगरी खुला सिमाना भएका कारण चोरी पैठारी हुने गरेकोमा ध्वनिखबरले पटक–पटक लाइभ र समाचारको प्रभावमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सक्रिय भई तस्करी रोकेको लगायत ध्वनिखबर डटकमको सक्रियमा धेरै स्थानबाट विभिन्न व्यक्ति बिशेषलाई दिइने सहयोग रकम पूर्ण रुपमा बन्द गराइएको छ ।