जनताको लागि काम गर्दा पनि सिडियो र एसपीको विरोध किन ?

जनताको लागि काम गर्दा पनि सिडियो र एसपीको विरोध किन ?

नेपालगन्ज, २३ साउन । विश्वमा भयावह रुप लिएको कोरोना भाइरस समुदायमा फैलिन शुरु गरेपछि अहिले बाँकेका जनताको स्वास्थ्यको चिन्ता गर्दै असिनपसिन भएर बाँकेका सिडियो राम बहादुर कुरुम्बाङ र एसपी ओम बहादुर राना फिल्डमा खटिंदा पनि विरोध गर्नेको जमातले हिजोआज सामाजिक संजालमा विरोध गर्ने गरेको पाइएको छ ।
बाँके जिल्लामा सरुवा भई आउनासाथ सिडियो कुरुम्बाङ र एसपी रानाले अवैध तथा गलत कार्य पूर्ण रुपमा बन्द गराउनुका साथै फरार अपराधीहरु समातिएपछि त्यस्ता झुण्डको समर्थक लगायत जनताको स्वास्थ्यसँग बेवास्ता गरी पसल खोल्न पाउनु पर्ने धारणा राख्दै केही व्यवसायीहरुले सामाजिक संजालमा विरोध गर्ने गरेको पाइएको छ ।
सामाजिक संजालमा गलत कार्य गर्ने गिरोह र आफ्नो फाइदाको लागि पसल खोल्न नपाएकाबाट विरोध भएतापनि सर्वसाधारण जनताले भने सिडियो कुरुम्बाङ र एसपी रानाको कदमलाई स्वागत नै गरेको पाइएको छ ।
सिडियो कुरुम्बाङ र एसपी राना बाँके जिल्लामा आगमनसँगै खोला दोहन गरी संचालनमा रहेको अधिकांश क्रसर उद्योग बन्द हुनु, सुकुम्बासीको लागि छुटाइएको जग्गा पत्रकारसहित ४१ जना सुकिलामुकिलाको नाममा गएपछि छानबिनको प्रक्रिया अघि बढाउनु तथा भारतको रुपैडिहा नाकाबाट हुने तस्करी रोकिनुको साथै फरार अपराधीलाई प्रहरीले पक्राउ गर्न सफल भएका कारण अहिले गलत कार्य गर्ने जमात मात्रले विरोध गरेको हुन सक्ने भनी अधिकांश जनताको भनाई रहेको छ ।
सुकुम्बासीको लागि छुट्टाइएको जग्गा केही पत्रकारहरु (नेपाल पत्रकार महासंघ, बाँकेका पदाधिकारी र सदस्य) ले आफ्नो नाममा गराउँदा पनि नेपाल पत्रकार महासंघ, बाँके शाखा भने अहिलेसम्म मौन नै देखिएको छ भने यसैसंग सम्बन्धित लाइभ समचार गर्ने पत्रकारमाथि अभद्र व्यवहारको उजुर दर्ता गराउन प्रहरी प्रशासनलाई दबाव दिएको समेत पाइएको छ । यति मात्र नभई प्रहरी प्रशासनलाई दबाव दिई अवैध तरिकाले पक्राउ पुर्जी बिना नै पत्रकारलाई पक्राउ गर्नेदेखि लिखित आदेश र वडा कार्यालयलाई जानकारी नै नदिई पत्रकारको घर कार्यालयमा खानतलासी गर्न समेत प्रहरीको झुण्ड लगाएको चर्चाले विशेष स्थान पाएको छ । यद्यपी प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ, केन्द्रिय महासचिवले समाचारलाई आधार बनाएर पत्रकार विरुद्ध प्रहरीले कुनै पनि उजुरी लिन मिल्दैन भनी अभिब्यक्ति समेत सार्वजनिक भइसकेको छ ।
समुदायमा देखा परेको कोरोनाबाट जनतालाई बचाउनको लागि सिडियो कुरुम्बाङ र एसपी रानाले दोस्रो चरणको लकडाउन गर्दा पसल खोल्न नपाएका केही व्यवसायी भने तातिंदै सामाजिक संजालमा विरोध गर्ने, लकडाउनमा दैनिक मजदुरको हवाला दिंदै विरोध गर्ने गरेको पाइएको छ । समुदायका कोरोना फैलिएकोले अधिकांश जनता अहिले डर त्रासको वातावरणमा बस्न बाध्य छन् भने सरकारी पक्षबाट पिसिआरको टेस्टको अनुपातमा समेत बृद्धि भएको पाइएको छ ।