नेपालगन्ज । एकाविहान पुजा गरी स्थानिय आदर्शनगरको हाईवेको मुल सडकको बिचमा मटका (माटोको सानो भाडा) लाई रातो तुलले बेरिएर राखिएकोले स्थानिय जनतामा केही बेरको लागि त्रसित समेत भए ।
सूचना पाउनासाथ नेपाल प्रहरी जमुनाहा इलाका प्रहरी कार्यालयका इन्चार्ज माधव रिजाल मटका राखिएको सडकमा पुगी जॉचपडताल गर्दा पुजा गरि राखिएको आशंकामा तुल समाती सडक किनारसम्म केही बेर राखेका थिए ।
तुलले बेरिएको मटकाको बिषय माथिल्लो निकायमा जानकारी गराउने समय अन्तरालमा तत्काल सशस्त्र प्रहरी बल ३० र ४० नं. को टोली घटनास्थल पुग्नुको साथै जिल्ला र वडा प्रहरी कार्यालयको टिम पनि बमको आशंकामा पुगेको थियो ।
सबै टोलीले चेकजॉच गर्दा पुजा गरिएको मटका हो भन्ने ठहर गर्दै नजिकको नालामा फ्यॉकी मटकालाई फुटालेका थिए ।
हाईवे सडकको बिच भागमा मटकालाई रातो तुलले बेरिएर राखिएको कारण विहानदेखि स्थानियबासीमा बमको आशंकामा आतंकित भएको बताएपनि नेपाल प्रहरीको जमुनाहा इलाका प्रहरी कार्यालयका इन्चार्ज रिजालले देखाएको सक्रियताका कारण नेपाल प्रहरीले वाहीवाही पाएको स्थानियले बताए ।