बाँके प्रशासनको आशिर्वादले एम्बुलेन्सको दुरुपयोगले सिमा नाघ्यो ? (भिडियो सहित)

बाँके प्रशासनको आशिर्वादले एम्बुलेन्सको दुरुपयोगले सिमा नाघ्यो ? (भिडियो सहित)

रामदिन तेली
नेपालगन्ज, २७ जेठ । जिल्ला प्रशासन कार्यालय, बाँकेको विशेष आर्शिवादले अहिले बाँके जिल्लाका विभिन्न संघसंस्थाले सुविधामा पाएका एम्बुलेन्सको दुरुपयोगले सिमा नाघेको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, बाँकेलाई एम्बुलेन्स दुरुपयोग रोक्न पटक–पटक पत्राचार गर्दा पनि बाँके प्रशासनले रोक्नुको सट्टा आशिर्वाद दिएको कारण एम्बुलेन्सको दुरुपयोग अहिले सिमा नाघेको छ ।
बाँके जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको अध्यक्ष एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी एउटै भएपनि समिति तथा बाँके सिडियोको हैसियतले एम्बुलेन्स दुरुपयोग हुँदा पनि अहिलेसम्म कुनै चासो देखाइएको छैन ।


एम्बुलेन्स संचालन निर्देशिका २०७८ को मापदण्ड अनुसार जुन क्षेत्रको जनतालाई एम्बुलेन्स सेवा दिने भनी सहुलियतमा संघसंस्थालाई एम्बुलेन्स दिइएको हो, सोही क्षेत्रमा एम्बुलेन्स राखी संचालन गर्नु पर्ने तथा १० वर्ष बढी पुराना एम्बुलेन्स संचालन गर्न नपाउने लगायत एम्बुलेन्स बिक्री र भाडामा दिन नपाउने उल्लेख भएपनि बाँके सिडियो तथा समितिका अध्यक्षले कुनै चासो नलिएको महसुस गरिएको छ ।
पत्रकार सम्मेलन हुने क्रममा बाँके सिडियो धर्मराज जोशीले नियम संगत नभएका सबैलाई कारवाहीको घेरामा ल्याउँछु भनी चर्को बोल्ने गरेकोमा उनको बोली र काम गराईमा धेरै नै फरक रहेको स्थानिय बुद्धिजीविले आरोप लगाउन शुरु गरेका छन् ।
बाँके सिडियो जोशीले पावर प्रयोग गरी कसैलाई काखा कसैलाई पाखा गरेको विषयमा राष्ट्रपतिको कार्यालयमा समेत गुनासो पुगेको कार्यालयको बिशेष स्रोतले जानकारी गराएको छ । यसैगरी पावरको मिसयुज गरी केही स्थानमा गृह मन्त्रालयको अनुमति बिना नै बल प्रयोग गरेको विषयमा पनि गुनासो पुगेको समेत जानकारी गराइएको छ ।

https://www.facebook.com/share/v/1LPzRNAxak/
बाँके सिडियो जोशीले एम्बुलेन्स दुरुपयोगको विषयमा कुनै पनि ठोस कदम नचालेको यहाँस्थित वडा नं. १२ का वडा अध्यक्ष आफै फिल्डमा खटिएर एम्बुलेन्स हटाउन बाध्य भएको देखिएको छ ।