रामेश्वर गौतम
नेपालगन्ज, १९ जेठ । विभिन्न राजनीतिक पार्टीका नेताको दबावमा पारी बाहिर जिल्लाबाट बाँके जिल्लामा दरबन्दी बनाई आएका केही प्रहरी कर्मचारी भने अहिले पुनः शक्ति केन्द्रको दबाव दिन लगाई मोटो कमाई हुने चौकीको इन्चार्जमा जान लागेको प्रहरी स्रोतले बताएको छ ।
यसैक्रममा जमुनाहा प्रहरी चौकीमा १५ कार्टुन मोवाइलको घटनामा डिएसपीको कमाण्डमा छानबिन समिति गठन भई उक्त चौकीका इन्चार्ज सई नबिन रिजाललाई हटाई दरबन्दी भएको जिल्ला दांगमा पठाइएको थियो । दांग जिल्ला दरबन्दी भएकोमा अहिले विभिन्न पावरमा पुनः बाँके जिल्ला प्रहरी कार्यालयको दरबन्दी पारी आएपछि मोटो रकम आउने विभिन्न चौकीको इन्चार्जमा जान सई नबिन रिजालले वातावरण मिलाउन थालेको प्रहरी स्रोतले बताएको छ ।
यसैगरी बसपार्क र नगर भवनको इन्चार्ज खाली भएको लामो समय विति सक्दा पनि विभिन्न शक्तिको पावरमा १२–१५ जना असईको नाममा सिफारिस आएकोले कोही कसैलाई पनि जिम्मेवारी दिई पठाउन सकेको अवस्था नभएको समेत स्रोतले बताएको छ ।