सशस्त्र प्रहरी निरिक्षकको सेटिंगमा आइफोनसहित ३५ लाख रकमको अवैध सामान भित्रियो ?

सशस्त्र प्रहरी निरिक्षकको सेटिंगमा आइफोनसहित ३५ लाख रकमको अवैध सामान भित्रियो ?

रामेश्वर गौतम
नेपालगन्ज, १६ जेठ । बाँके जिल्लामा कार्यरत सशस्त्र प्रहरी निरिक्षकको सेटिंगमा शुक्रबार साँझ करिब ६ बजे आईफोन, एन्ड्रोड र जुत्ता लगायतको अवैध सामान रुपैडियाको नाका हुँदै भित्रियो ।
घटनाको विवरण :
भारतको रुपैडिया नाकाको एसएसबीले १६ थान आईफोन, ८ थान एन्ड्रोड र जुत्ता लगायतको सामानको गाडी रोक्छ । गाडी छोड्नको लागि भारु ८ लाखको डिमाण्ड आएपछि नेपाली नम्बरको सेतो रंगको क्रेटा गाडीमा सशस्त्र प्रहरी निरिक्षक रुपैडिहाको एसएसबीमा पुग्छन् । भारु ३ लाखको बार्गेनिंगबाट शुरु हुन्छ तर अन्त्यमा भारु ५ लाखमा कुराकानी मिल्छ । नेपाली नम्बरको सेतो रंगको क्रेटा गाडी रुपैडिया जाँदा हल्का ठोन्किन्छ । रुपैडिहाको प्रहरीसँग हल्का विवाद पनि हुन्छ । अन्त्यमा सबैसँग ती सशस्त्र प्रहरी निरिक्षकले कुराकानीे मिलाई सामानले भरिएको गाडी जमुनाहा चौकी हुँदै नेपालगन्ज छिराउन सफल हुन्छन् । जुमनाहा चेक प्वाइन्ट, भन्सार कार्यालय, सशस्त्र प्रहरीको चेक प्वाइन्ट हुँदै सशस्त्र प्रहरी बलको चौलिक्का चेक प्वाइन्ट कही कतै चेकजाँच नै नभई सहज तरिकाले १६ थान आईफोन, ८ थान एन्ड्रोड र जुत्ता लगायतको सामानको गाडी पार गराउन सशस्त्र प्रहरी निरिक्षक सफल हुन्छन् । यस कार्यको लागि ती सशस्त्र प्रहरी निरिक्षकले राम्रो रकममा डिल गरेको चर्चा व्यापक पाइएको छ ।
सामान्य जनताले घरायसी प्रयोजनको लागि एक बोरी चामलको भन्सार गराउन पुग्ने बडेमानले यत्रो चलखेल हुँदा यो समाचार तयार पार्दासम्म चुइक्क चासो नदेखाएको स्रोतको दाबी छ ।
केही दिन अगाडी प्रतिबन्धित भारु. २०० र ५०० को भारतीय ५ लाखको नोट सशस्त्र प्रहरीको कडा चेकजाँचबाट पार गर्दा बाँके प्रहरीका सब इन्सपेक्टर संजित केसीले सिमा प्रहरी चौकी अगाडी कुनै लोभलालच बिना नै गाडी र मान्छेसहित पक्राउ गर्न सफल भएका छन् ।
शुक्रबार करिब ६ बजे साँझ को–को सशस्त्र प्रहरी निरिक्षक जमुनाहा नाकाबाट रुपैडिया गएको र आएको नेपालगन्ज भन्सार कार्यालय, नेपाल र सशस्त्र प्रहरीको सिसि टिभीको फुटेजबाट हेर्न र केरकार गर्न सकिन्छ भने यो समाचार तयार पार्दासम्म बडेमान लगायत कुनै सुरक्षा अधिकारीले यस तर्फ कुनै चासो नदेखाएको कारण राम्रै गेम हुन सक्ने भनी अहिले स्थानिय जनताले अनुमान लगाउन थालेको पाइएको छ ।