दांग र सुर्खेतबाट नेपाली विरामी लखनउको रिल्याक्स अस्पतालमा पुर्याउँदै : कति लुटिए र कति बाँकी ?

दांग र सुर्खेतबाट नेपाली विरामी लखनउको रिल्याक्स अस्पतालमा पुर्याउँदै : कति लुटिए र कति बाँकी ?
काठमाडौं, २६ फागुन । 

नेपालगन्जबाट नेपाली विरामीलाई ललाईफकाई यस्तो उस्तो हुन सक्छ भनी डराउन दिई नेपाली विरामीलाई लखनउ पठाउने कार्य अहिले दिनप्रति दिन ह्रास आएको छ भने उता दांग र सुर्खेतबाट नेपाली विरामीलाई लखनउको नीजि अस्पताल पठाई लुट्ने कार्य बढेको स्रोतले बताएको छ ।
नेपालगन्ज नसिंग होम नजिक स्थित मिडिल फार्मेसीमा आबद्ध भीम भण्डारीले नेपाली विरामीलाई लखनउ पठाई कुल खर्च रु. ५ लाख ५० हजारमा रु. ३ लाख ५० हजार ठगेकोमा पछि विरामीलाई रु. ३ लाख ५० हजार फिर्ता गरेपछि नेपाली विरामीलाई लखनउ पठाई लुट्ने गरेको तथ्य छताछुल्ल भएको हो ।
नेपालगन्जको नर्सिंग होम र भेरी अस्पतालबाट नेपाली विरामीलाई लखनउ पठाउने कार्यमा एम्बुलेन्स चालक र फार्मेसीहरु ब्याक भएको अवस्था सृजना भएको छ भने लखनउ स्थित रिल्याक्स अस्पतालमा दांगबाट पठाइएका ७ जना र सुर्खेतबाट ३ जना गरी १० जना नेपाली विरामी भर्ना रहेको स्रोतल बतायो ।
दांग र सुर्खेतका अस्पतालले हाइयर उपचार भनी रिफर गरिएकोमा त्यहाँ रहेका केही फार्मेसी र एम्बुलेन्स चालकले हाइयर उपचारको लागि सुविधा सम्पन्न अस्पताल नेपालगन्ज र कोहलपुरमा हुँदाहुँदै पनि डाइरेक्ट लखनउ लैजाने गरेको बताइएको छ ।
लखनउको रिल्याक्स अस्पतालमा नेपाली विरामी दिएवापत एम्बुलेन्स चालकलाई नेपाली रु. १० हजार र फार्मेसीलाई टोटल विलको ४० देखि ५० प्रतिशत कमिशन दिने गरेको नेपालगन्जस्थित केही फार्मेसी र एम्बुलेन्स चालकले ध्वनिखबर मिडियालाई बताएका छन् ।
नेपाली विरामीलाई लखउन लगी लुट्ने कार्य भएता पनि दांग र सुर्खेत प्रशासनले भने अहिलेसम्म चासो लिएको भने देखिएको छ्रैन ।


यसैगरी एम्बुलेन्स संचालन निर्देशिका २०७८ बमोजिम एम्बुलेन्स संचालन नभएको कारण स्वास्थ्य मन्त्रालयले विज्ञप्ती र मातहतका युनिटलाई पत्राचार समेत गरेको छ । साथै सोही बमोजिम संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल बाँके शाखाले समेत निर्देशिका २०७८ बमोजिम संचालन नभएको भनी विज्ञप्तीमार्फत जनाएको छ ।


एम्बुलेन्स संचालन निर्देशिका २०७८ मा उल्लेख भएअनुसार जुन क्षेत्रको लागि एम्बुलेन्स सुविधा दिइएको हो सोही क्षेत्रको जनतालाई सुविधा दिन संचालन गर्नु पर्छ तर दांग र सुर्खेतका जनताको सुविधाका लागि दिइएको एम्बुलेन्स नेपालगन्जमा बसी विरामी लखनउ लैजाने कार्य भएको नेपालगन्जमा संचालनमा रहेका एम्बुलेन्स रुष्ट भएका छन् ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष सम्बन्धित जिल्ला (दांग र सुर्खेत) को प्रमुख जिल्ला अधिकारी भएको भएपनि अहिलेसम्म नेपाली विरामीलाई लुट्नबाट जोगाउन कुनै पनि ठोस कदम भने चालिएको देखिएको छैन ।
यसका साथै दांग र सुर्खेत जिल्लामा रहेका भन्दा नेपालगन्ज र कोहलपुरमा हाइयर उपचारको लागि प्रशस्त सुविधा सम्पन्न अस्पताल भएकोले नेपालगन्जमा नै उपचार हुन सक्ने सम्भवनासँगै दांग र सुर्खेत जिल्लामा रहेका सबै एम्बुलेन्सको भारत जाने परमिट रोक्न सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य मन्त्रालयले भारतीय दुताबासमा पत्राचार गरी रोक्न पर्नेमा अहिले नेपाली विरामी एक मत देखिएका छन् ।