साँसद राठौर र मेयर बिष्टको दबावमा एनजिओलाई गुठीको मान्यता ? सांसद र मेयरको कठपुतली बने बाँके सिडियो ?

साँसद राठौर र मेयर बिष्टको दबावमा एनजिओलाई गुठीको मान्यता ? सांसद र मेयरको कठपुतली बने बाँके सिडियो ?

काठमाडौं, १५ कात्तिक । मलमपट्टी मर्निंग वाक ग्रुपको एक समूहले जिल्ला प्रशासन कार्यालय, बाँकेमा एनजिओमा बैकुण्ठधाम सिधनियाघाटको नाममा दर्ता गराई बैकुण्ठधाम निर्माण गर्ने कार्यमा नेपाली काँग्रेसका केन्द्रिय सहमहान्त्री एवम् बाँके क्षेत्र नं. ३ बाट निर्वाचित सांसद किशोर सिंह राठौंर र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको दबावमा बाँके प्रशासन मौन बस्नु पर्ने बाध्यता रहेको स्थानियले आरोप लगाएका छन् ।

बैकुण्ठधाम सिधनियाघाट नामक एनजिओका संंस्थापक अध्यक्ष डा. सुरेश कुमार कनोडिया नेपाली काँग्रेसमा आबद्ध रही निर्वाचनमा भाग लिएको कारण आफ्ना नेतालाई साथ दिन सांसद राठौर मेयर विष्टले पूर्ण रुपमा साथ दिई बाँके सिडियोलाई दबावमा राखी कानुन मिच्ने कार्य भईरहेको स्थानियले आक्रोश पोख्दै आरोप लगाउने क्रम ह्वात्तै बढेको छ ।


स्थानिय जनता आक्रोश पोख्दै आरोप लगाउँदै भन्छन्–‘मठ मन्दिर तथा बैकुण्ठधाम सिधनियाघाट जस्ता धार्मिक कार्यमा गुठीको जिम्मामा सम्पूर्ण कार्य गर्नु पर्छ । नेपाली काँग्रेसका नेताद्वयले धर्ममा दबाव दिनु राम्रो होइन । यो घटनाबाट भोलीका दिनमा सांसद राठौंर र मेयर बिष्टको राजनीतिमा पक्कै पनि प्रश्नवाचक चिन्ह खडा हुन्छ । साथै एनजिओमा सरकारी कर्मचारी (डाक्टर) संलग्न नहुने कानुनी प्रावधान हुँदा पनि बाँके सिडियो साब र भेरी अस्पतालले सांसद राठौंर र मेयर विष्टका कारण अहिलेसम्म कुनै पनि एक्शन लिनु भएको छैन । यसैगरी भेरी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बिरेन्द्र शाह नेपाल काँग्रेस तरण दल बाँकेका अध्यक्ष भएका कारण तै चुप मैं चुप भएकोले एनजिओमा लागेका डाक्टरलाई कुनै कारवाही भएको छैन ।’