काठमाडौं, ०३ कात्तिक । दसै तिहारमा मौका छोपी नेपालगन्जका एक साह भन्ने फैन्सी कपडा पसलका मालिकले लाखौंको जुवा अड्डा संचालन गर्दा पनि प्रहरीलाई कुनै खबर नभएको भन्ने कुरा बाहिर आएको छ ।
नेपालगन्जमा जुवा हुन्छ भन्ने कुरामा प्रहरी बेखबर नभएपनि सानोतिनो जुवा अखाडाबाट सामान्य जुवा पक्राउमा सक्रिय देखिएपनि दैनिक ४०–५० लाखसम्मको हारजितको जुवामा भने अहिलेसम्म सक्रियताका साथ प्रहरी सक्रिय नभएको स्थानियले महसुस गरेको बताएका छन् ।
शुक्रबार नेपालगन्ज वडा नं. १६ जयसपुरमा केही जुवाडीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ भने नामुद जुवा संचालक साहको खोजी कार्य भइरहेको जनाइएको छ ।्
नामुद जुवा संचालक साहसहित ‘पप्ले दाई’ लगायतको एक समूहले ठुलो जुवा खेलाई रहेको एक जुवा संचालकले ध्वनिखबर मिडियालाई प्रमाणसहित खुलासा गरेका छन् । उनले बताए अनुसार बाँके एसपीको समेत आशिर्वाद भएको कारण साह समूहले कहिले कान्तिताल एरिया, कहिले फुल्टेक्रा, कहिले धम्बोझी, कहिले घरबारी टोल र कहिले गणेशपुरमा जुवा संचालनमा ल्याएका छन् । बाँके एसपीको नाम अगाडी सारेपछि खुलेआम जुवा संचालन गर्न पाउने रणनीतिमा रहेका साह समुहलाई जिल्ला प्रहरी कार्यालय, बाँकेका केही प्रहरी र घुमुवा टोलीको आशिर्वाद रहेको तथ्य बाहिर आएको छ ।
जुवा रोक्न बाँके एसपी गम्भिर रहेको भएतापनि उनलाई आफ्नै प्रहरीले साथ नदिएको प्रहरी स्रोतले बतायो । बाँके एसपीले जुवा खालको बारे बुझ्न र पक्राउ गर्न टोली पठाउँदा जुवा खालका नाइके साह÷पप्ले दाईलाई सम्पूर्ण जानकारी घुमुवा टोलीले गर्ने हुँदा बाँके एसपीलाई हातमा लाग्यो शून्य जस्तो भएको छ ।
धम्बोझी बजार मेन सडक निवासी ठेकेदार र व्यापारी तथा नामुद जुवाडीको साह नाता पर्ने भएको कारण ठुला–ठुला व्यापारी साह समूहको जुवा खालमा लाखौंको जुवा खेल्न जाने गरेको बताइएको छ ।
ठुलो जुवा खालको विषयमा बाँके एसपी तुलबहादुर कार्की भन्नुहुन्छ–‘हाम्रो कोशिश जारी छ । छिट्टै ती समूहलाई खोरमा राखी कानुनी कारवाही हुनेछ ।’