काठमाडौं, ०६ भाद्र । प्रेस काउन्सिल नेपालले जिल्ला प्रहरी कार्यालय बाँकेको नाममा पठाएको बोद्यार्थ पत्रलाई सार्वजनिक गर्ने मनसायले विभिन्न संचारकर्मीलाई इमेलमार्फत प्रेस काउन्सिल नेपालको पत्र पठाएकोमा गृह मन्त्रालयमा ध्वनिखबर डटकमले पत्राचार गरी छानबिन र कारवाहीको लागि अनुरोध गरेको छ ।
प्रेस काउन्सिल नेपालले जिल्ला प्रहरी कार्यालय, बाँकेको नाममा बोद्यार्थ पत्र पठाएकोमा सार्वजनिक गर्न नहुने तथा बाँके प्रहरीले सार्वजनिक गरेको कार्यलाई ‘बदमासी’ को संज्ञा समेत दिएको छ । प्रेस काउन्सिल नेपाल भन्छ–‘बोद्यार्थ पत्रलाई सार्वजनिक गर्नु कानुन खिलाप हो ।’

प्रेस काउन्सिल नेपालले जिल्ला प्रहरी कार्यालय, बाँकेको नाममा बोद्यार्थ पत्र पठाएकोमा सार्वजनिक गर्न नहुनेमा गरेकोले भोलिका दिनमा नेपाल प्रहरीभित्र आन्तरिक गोप्य सूचना लिक हुन सक्ने सम्भावना रहेकोले जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी तुल बहादुर कार्की र डिएसपी नारायण डाँगीमाथी छानबिन र दोषी ठहर भए विभागीय कारवाहीसहितको कानुनी कारवाहीको लागि गृह मन्त्रीलाई सम्बोधन गरी ईमेल मार्फत पत्राचार गरेको छ । यस विषयमा गृह मन्त्रालयले गम्भिर भएर छानबिन र कारवाही गर्छ वा गर्देन त्यो भने हेर्न बाँकी रहेको छ ।