लुटपाटको घटनामा छानबिन टोलीले लुटेरा र आफ्नै प्रहरीलाई बचाउँदै ? क्यासिनो अण्डरकभर मालिक र एमालेको फुच्चे नेताको बाँके प्रहरीमा दबदबा ? (सरकारी अधिकारीको बयान सहित)

लुटपाटको घटनामा छानबिन टोलीले लुटेरा र आफ्नै प्रहरीलाई बचाउँदै ? क्यासिनो अण्डरकभर मालिक र एमालेको फुच्चे नेताको बाँके प्रहरीमा दबदबा ? (सरकारी अधिकारीको बयान सहित)

काठमाडौं, ०१ भाद्र । साउन ०९ गते नेपालगन्ज जमुनाहामा राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत प्रहरी हवलदार अर्जुन खडकाले स्रोत नखुलेको लाखौं नगद रकम करिब रु. ७० लाख हातहतियारसहित कल्पतरु होटलमा संचालित एसएन ब्लू क्यासिनो जिएम अर्जुन खनाल र क्यासिनोका बाउन्सरहरुको टिमले गरेको लुटपाट, बाँके एसपी तुल बहादुर कार्की र डिएसपी नारायण डाँगीद्वयको २ रातको कारवाहीमा कैफियत देखिएकोमा छानबिन टोलीले छानबिन गर्दा लुटेरा र आफ्नै प्रहरी अधिकारीलाई बचाउ गर्ने योजना बनाएको नेपालगन्ज नगरमा चर्चाको विषय बनेको छ ।
नेपालगन्ज नगरका स्थानिय जनता भन्छन्–‘‘लुटपाटको घटना भएकै हो, लुटपाट भएको विभिन्न प्रमाण सार्वजनिक भएको अवस्थामा बाँके प्रहरीले जानकारी र अभिलेख छैन भन्नु आशंकास्पद नै हो, सिसी फुटेज, राष्ट्रिय अनुसन्धान कार्यालयका एसएपी र हवलदारको बयानबाट सबै प्रष्ट भएको छ, अभियुक्त एसएन ब्लू क्यासिनोका जिएम अर्जुन खनाललाई हिरासतमा लिई २ रातपछि ससम्मान खोर मुक्त गरिएको छ, डिएसपी नारायण डाँगीको अभिव्यक्तिबाट सबै प्रष्ट छ, एसएसपी माधव श्रेष्ठको नेतृत्वमा छानबिन टोली गठन भएपनि लुटेरा र आफ्नै प्रहरी अधिकारीलाई बचाउ गरी रहेको हल्ला छ ।’

राष्ट्रिय अनुसन्धान कार्यालय नेपालगन्जका एसपी ओम खड्काको बयान ।

नेपालगन्ज नगरबासीहरुको मिश्रिम टिकाटिप्पणी अनुसार ‘‘प्रधानमन्त्री केपी शर्मा वलीको सरकार निर्माण भएलगत्तै बाँके प्रहरीमा एमालेका केही फुच्चे नेताले कब्जा जमाएको, एमाले फुच्चे नेताको दबदबामा बाँके प्रहरीमा एसपी तुल बहादुर कार्कीलाई कठपुतली बनाई मास्टर माइन्डमा डिएसपी नारायण डाँगीले सतरन्जको चाल खेल्ने अवसर पाएको, नेपालगन्जमा संचालित ७ वटा क्यासिनोमध्ये अधिकांश क्यासिनोमा एमालेका फुच्चे नेता र काँग्रेसमा भर्खर उमे्रका नेताको संरक्षण भएकोले बरामद लाखौं नगद लुटपाट हुँदा पनि अहिलेसम्म कसैलाई कारवाही समेत भएको छैन ।’

राष्ट्रिय अनुसन्धान कार्यालय नेपालगन्जका प्रहरी हवलदार अर्जुन खड्काको बयान ।

गृह सचिव एकनारायण अर्यालले नेपालगन्ज जमुनाहामा भएको लुटपाटको घटनाको विषयमा आईजीपी बसन्त कुँवरलाई बारम्बार छानबिन गरी कारवाही गर्ने आदेश जारी हुँदा पनि छानबिन प्रक्रिया भने कछुवाको स्पीडले बढेको महसुस गरिएको छ । ‘हिजो पनि एसपीको सरुवा गरेको हो, अब पनि त्यो एसपीको सरुवा गर्नु पर्छ’– गृह सचिव अर्यालले तर्क अगाडी सारेपनि अहिलेसम्म झिंगा धपाउने कार्य समेत भएको छैन ।
आईजीपी बसन्त कुँवरले घटनाको छानबिनको लागि सुपरिवेक्षण युनिटलाई छानबिन गर्ने भनी पत्र लेख्ने मात्रै भूमिका निर्वाह गरेता पनि अहिलेसम्म कुनै उपलब्धी भने देखिएको छैन । पटक–पटक यस विषयमा जानकारी गराउँदा पनि आईजीपी कुँवर पावरमा भएतापनि पावरलेस जस्तो देखिएका छन् ।
गृह सचिव अर्यालको आदेश र आईजीपी सचिवालयको पत्र अनुसार सुपरिवेक्षण युनिटले लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई गरेको पत्राचार अनुसार एसएसपी माधव श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन टोली गठन गरेको छ । छानबिन टोलीका संयोजक श्रेष्ठको क्यासिनोका अण्डरकभर मालिकहरुसँग विगतमा नंगमासु जस्तो राम्रो सम्बन्ध भएको कारण लुटेरा अर्जुन खनाल, बाँके एसपी कार्की र डिएसपी डाँगीलाई बचाउँदै सम्पूर्ण दोष भने राष्ट्रिय अनुसन्धान कार्यालयमाथि थुपार्ने योजना बनाएको अधिकांश नगरबासीले बताएका छन् ।
एसएसपी माधव श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन टोली गरिएको छानबिनमा कैफियत देखिएमा गृह मन्त्रालयले छानबिन टोली गठन गरी लुम्बिनी प्रहरी प्रदेशको छानबिन टोलीसहित लुटेरा अर्जुन खनाल लगायत समूह, बाँके प्रहरी एसपी कार्की, डिएसपी डाँगी, राअ एसपी ओम खड्का र हवलदार अर्जुन खड्कामाथि सुक्ष्म छानबिन र कारवाही हुनु पर्ने नेपालगन्जका बृद्धिजीवीहरुले समेत बताउने गरेको पाइएको छ