प्रहरी महानिरिक्षक भन्छन्–‘लुटेरालाई हिरासतमा लिई मुद्दा चलाउ’ तर बाँके प्रहरी एसपी/डिएसपी द्वयले अभियुक्तलाई खोरमुक्त गर्छन । (आडियो सहित)

प्रहरी महानिरिक्षक भन्छन्–‘लुटेरालाई हिरासतमा लिई मुद्दा चलाउ’ तर बाँके प्रहरी एसपी/डिएसपी द्वयले अभियुक्तलाई खोरमुक्त गर्छन । (आडियो सहित)

काठमाडौं, २८ साउन । साउन ०९ गते नेपालगन्ज जमुनाहामा राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत प्रहरी हवलदार अर्जुन खडकाले स्रोत नखुलेको लाखौं नगद रकम करिब रु. ७० लाख हातहतियारसहित कल्पतरु होटलमा संचालिन एसएन ब्लू क्यासिनो जिएम अर्जुन खनाल र क्यासिनोका बाउन्सरहरुको टिमले लुटपाट र प्रहरी हवलदार खडकामाथि सांघतिक हमला भएको विषयमा नेपाल प्रहरी महानिरिक्षक बसन्त कुँवरले बाँके एसपी तुल बहादुर कार्कीलाई फोन सम्पर्क गरी अभियुक्तलाई हिरासतमा लिई मुद्दा चलाउनु भन्ने कडा आदेश जारी गर्दा पनि बाँके एसपी कार्की र डिएसपी नारायण डाँगीद्वयले २ रात खोरमा राखी अभियुक्त खनाललाई खोरमुक्त गरेको तथ्य बाहिर आएको छ ।


बरामद गरेको लाखौं नगद रकम लुट्ने समूह र कैफियतमा देखिएका बाँके एसपी र डिएसपीलाई बचाउ गर्नको लागि चलखेल भइरहेको स्थानियले बताएका छन् । लुटेरा र प्रहरी अधिकारीलाई बचाउन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पनि गोलमटोल कुरा गर्ने गरेको पाइएको छ ।
गृह मन्त्री र गृह सचिवद्वयले चासो लिई प्रहरी महानिरिक्षकलाई छानबिन गर्ने आदेश पश्चात आईजीपी सचिवालयबाट सुपरिवेक्षण युनिटलाई पत्राचार गरी छानबिन गर्ने आदेश दिएलगत्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले एसएसपी माधव श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन टोली गठन गरी छानबिन गर्न जिम्मा दिएको छ ।
नेपालगन्जमा भएको लुटपाट र प्रहरी अधिकारीमाथि देखिएको कैफियतको विषयमा छानबिन भईरहेको र अझैं ३–४ दिन समय लाग्ने छानबिन समिति संयोजक एसएसपी माधव श्रेष्ठले बताउनु भयो ।
नेपालगन्जमा बरामद गरेको लाखौं रकम हातहतियारसहित लुटपाट भएको सम्पूर्ण प्रमाण सार्वजनिक भईसकेको अवस्थामा जाहेरीको विषयलाई प्रमुख मुद्दा बनाई भईरहेको छानबिन समितिले लुटेरा समूह र कैफियत अधिकारीलाई चोख्याउने प्रयास गरीरहेको स्थानियले आरोप समेत लगाएका छन् । नेपालगन्जमा संचालित क्यासिनोका भित्री हाई कमाण्डहरुसँग छानबिन समितिका संयोजक एवम् एसएसपी श्रेष्ठको विगतमा राम्रो अनि अति घनिष्ठ सम्बन्ध बाहिरिएपछि छानबिनमाथि नै गम्भिर विषय बनेको स्थानिय बताउँछन् ।
यता नेपाल प्रहरी प्रधान कार्यालय स्थित सुपरिवेक्षण युनिटले नाकामा रहेका क्यासिनोबाट गुण्डागर्दी भइरहेको तथ्य सुपरिवेक्षण युनिटका प्रवक्ता एवम् एसपी प्रकाश मल्लले बताउनु भयो । नेपालगन्जमा बरामद गरिएको लाखौं नगद रकम लुटपाटको घटनालाई गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयले चासोका साथ हेरेको छ । प्रदेश स्तरीय छानबिन टोलीले कसैलाई बचाउको लागि क्रियाकलाप गरेको भेटिए छानबिन टोलीमाथी नै छानबिन भई कारवाही हुने कुरामा गृह मन्त्रालयले कडा कदम चाल्ने बताएको छ ।