नेपालगन्जस्थित डायमण्ड प्यालेस होटल कुनै पनि तारे होटल नभएको पुष्टि (विभागको पत्र सहित)

नेपालगन्जस्थित डायमण्ड प्यालेस होटल कुनै पनि तारे होटल नभएको पुष्टि (विभागको पत्र सहित)

काठमाडौं, ०९ साउन । नेपालगन्ज वडा नं. ३ स्थित डायमण्ड प्यालेस होटल अहिले पर्यटन विभागमा दर्ता नभएको तथा कुनै पनि तारे स्तरको होटलमा अनुमति नपाएको पर्यटन विभागले पुष्टि गरेको छ ।
पर्यटन विभाग भन्छ–‘नेपालगन्जमा संचालनमा आउन लागेको डायमण्ड प्यालेस होटल कुनै पनि स्तरको तारे होटलमा दर्ता भएको छैन । विभागको रिकर्ड अनुसार कंचनपुर जिल्लामा डायमण्ड प्यालेस होटलले एक तारे होटलमा दर्ता छ तर नविकरण भने भएको देखिँदैन । दर्ता नविकरण नभएको होटलले आफ्नो शाखा भनी अन्य स्थानमा होटल संचालन गर्न पाइदैन । यो अवैध नै मानिन्छ । यस विषयमा विभागले अनुगमन गर्नुको साथै स्थानिय प्रशासनले निगरानी राख्नु पर्छ । नेपालगन्जमा संचालन हुन लागेको डायमण्ड प्यालेस होटलले गुठी र सरकारी जग्गा कब्जा गरेको विषयमा छानबिन भई रहेको अवस्थामा छानबिन टुंगो नलागेसम्म होटललाई कुनै पनि तारेमा दर्ता गर्न सकिदैन । यस विषयमा डायमण्ड प्यालेस होटललाई समेत आज नै पत्र पठाइसकेका छौं ।’


पर्यटन विभागले ध्वनि मिडिया हाउस प्रालिलाई पठाएको पत्र अनुसार कन्चनपुरमा दर्ता भएको डायमण्ड प्यालेस होटल २०८१/०१/२९ गते इजाजतपत्रको नवीकरण अवधी समाप्त भएकोमा हालसम्म उक्त होटलले नवीरकणको लागि निवेदन पेश गरेको फायल संलग्न कागजातहरुबाट नदेखिएको उल्लेख गरेको छ ।
अवैध रुपमा तारे होटलमा दर्ता नै नगराई संचालनमा आउन लागेको डायमण्ड प्यालेस होटल संचालन भएको जानकारी भएमा सर्वप्रथम स्थानिय प्रशासनले तत्काल पूर्ण रुपमा बन्द गराउनु पर्ने कुरामा आयोगले जोड दिएको छ । अवैध रुपमा संचालन हुन लागेको डायमण्ड प्यालेस होटल संचालन भएमा बाँके जिल्ला प्रशासन कार्यालयले कस्तो भूमिका खेल्छ त्यो भने हेर्न बाँकी छ ।